सडक दुर्घटनामा दुईको मृत्यू

Enepal Patra Pvt. Ltd. , ५१६  पटक हेरिएको

पथरीशनिश्चरे (मोरङ),१७ फागुन । पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको पथरीशनिश्चरे – २ जयचोक नजीकै शनिबार भएको सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।
चितवनको भरतपुर महानगरपालिका ११ का अजय अधिकारी र सोही स्थानका अंकित जियनको ज्यान गएको हो । प्रहरीका अनुसार पश्चिमबाट पूर्व जाने क्रममा सडक किनारमा रोकी राखेको ना ८ ख ६७ नम्वरको ट्रकलाई सोही तर्फ जाँदै गरेको प्रदेश नं. १–०२–००१ ख ८०११ नम्वरको ट्रकले पछाडिबाट ठक्कर दिँदा सोही ट्रकका चालक अधिकारी र सहचालक जियनको ज्यान गएको हो । चालक अधिकारीको घटनास्थल मै र सहचालक जियनको उपचारका लागि झापाको वीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकहरूको शव पोष्टमार्टमका लागि मंगलबारे अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक दिलिपकुमार गिरीले बताउनु भयो ।
ट्रक अत्यधिक गतीमा रहेको कारण दुर्घटना भएको प्रहरीको भनाई छ । ट्रकमा रहेका २८ गोरु मध्ये ५ वटा गोरु मरेकाछन् ।
रोकी राखेको ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २०२०-०२-२९ , समय : २१:३९:२५ , ४ वर्ष अगाडि