दिल्ली हिंसामा १३ को मृत्यु, देख्यो कि गोली हान्ने आदेश

चार ठाउँमा कफ्र्यू, आन्दोलनकारीले पनि गोली चलाएर मारे पुलिस हेड कन्स्टेबल

Enepal Patra Pvt. Ltd. , ५३९  पटक हेरिएको

काठमाडौं, १४ फागुन । भारतको नयाँदिल्लीमा भएको हिंसात्मक घटना नियन्त्रण बाहिर गएको छ । निरन्तर हिंसा भड्किएपछि उत्तरपूर्वी दिल्लीमा कफ्र्यू लगाइएको छ ।

चार इलाकामा लगाइएको कफ्र्यूपछि देख्यो कि गोली हान्ने आदेश सुरक्षाकर्मीलाई दिइएको छ ।

स्थिति नियन्त्रण बाहिर गएपछि दिल्लीका मौजपुर, जाफराबाद, चाँदबाग र करावलनगरमा कफ्र्यू लगाइएको हो ।

गत आइतबारदेखि जारी नागरिकता संशोधन कानुन सीएएको मुद्दामा हिंसा भड्किएको हो । उत्तर–पूर्वी दिल्लीमा लगातार तेस्रो दिन पनि हिंसा भड्किँदा ठूलो क्षति भएको हो ।

अहिलेसम्म १३ जनाको ज्यान गएको छ भने संचारकर्मीसमेत गरी एक सय ५० जना घाइते भएका छन् ।

मंगलबार एकैदिन ८ जनाको ज्यान गएको हो ।

नरावल नगर रोडमा २ गुटबीच निरन्तर ढुंगा हानाहान भएको छ । दिल्लीमा हिंसा भड्किएपछि केन्द्र सरकारले राजधानीका लागि स्पेशन कमिश्नर ल एन्ड अर्डर नियुक्त गरेको छ ।

मंगलबार मौजपुर, भजनपुा, ब्रम्हापुरी र गोकलपुरी इलाकामा ढुंगामुढा गरिएको हो ।

हिंश्रक आन्दोलनकारीले मौजपुर र ब्रम्हापुरी क्षेत्रमा ढुंगामुढा गरेका छन् । एउटा अग्नि नियन्त्रणमाथि आगो समेत लगाएका छन् ।

हिंसा फैलाउने क्रममा आन्दोलनकारीले निगम पार्षद ताहिर हसनको घरमा आगो लगाएका छन् । उनको घरमा पेट्रोल बमबाट आक्रमण भएको हो ।

आन्दोलनकारीले गोलीसमेत चलाएका छन् । दिल्लीका पुलिस हेड कन्स्टेबल रतनलालको काँधमा गोली लागेर मृत्यु भएको हो ।

प्रकाशित मिति: २०२०-०२-२६ , समय : ०८:१७:०७ , ४ वर्ष अगाडि