छात्राहरुलाई स्यानेटरी प्याड वितरण

Enepal Patra Pvt. Ltd. , ९२९  पटक हेरिएको

लेटाङ ८ माघ । विद्यालयका छात्राहरुका लागि स्यानेटरी प्याड वितरण तथा महिनावारी र स्वास्थ्य व्यवस्थापन सम्वन्धी कार्यक्रम लेटाङ नगरपालिकाले सम्पन्न गरेको छ । सोमवार र मंगलवार २ दिन लेटाङ नगरपालिका वडा नं. १ र ७ मा रहेका विद्यालयमा पूगेर उक्त कार्यक्रम गरिएको थियो ।
लेटाङ नगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा भएको कार्यक्रममा लेटाङ १ को भोगटेनी मावि र साग्मा मावि , लेटाङ ७ को महेन्द्र माविमा छात्रा विद्यार्थीहरुलाई स्यानेटरी प्याड तथा स्वास्थ्य ब्यवस्थापन सम्वन्धमा जानकारी दिईएको थियो ।
लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला र स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख महेन्द्र चौधरीले महिनावारी, स्वास्थ्य व्यवस्थापन तथा स्यानेटरी प्याडको प्रयोगका विषयमा विद्यार्थीहरुलाई जानकारी दिनुभएको थियो ।
नगरउप्रमुख निरौलाले छात्राहरुलाई विद्यालय जाने समयमा निक्कैनै कठिनाई हुने र महिनावारीको समयमा झनै समस्या हुने भएकाले घरमा अभिभावक तथा विद्यालयमा शिक्षकहरुले सहयोगीको भुमिका निर्वाह गर्नुपर्ने वताउनुभयो । उहाँले किशोरावस्थामा शारिरिक तथा मानशिक परिवर्तनको समय भएकाले विद्यार्थीहरुलाई यो समयमा सहि सल्लाकार र सहयोगीको आवश्यकता पर्ने वताउनुभयो ।
कार्यक्रममा लेटाङ नगरपलिकाका प्रशासकीय अधिकृत कमलबहादुर कार्की , वडा अध्यक्षहरु विष्णुकुमार मगर र नगेन्द्र लिम्बु लगायत शिक्षक विद्यार्थी तथा स्थानिय बुद्धिजिविको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०१९-०१-२२ , समय : १८:३७:५१ , ५ वर्ष अगाडि