जीवन रक्षा गर्न आयोगको आग्रह

Enepal Patra Pvt. Ltd. , १०१९  पटक हेरिएको

काठमाडौँ, ८ माघ (रासस) ः राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।

आयोगका सचिव वेद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सरकारले चिकित्सा शिक्षासम्बन्धी विगतमा गरेका सम्झौताहरुलाई गम्भीरपूर्वक लिएर वार्ता र सम्बादको माध्यमबाट समाधान खोज्न आग्रह गरिएको छ ।

आयोगको टोलीले महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर डा केसीको स्वास्थ्य अवस्थाबारे अनुगमन गरेको र डा केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको हुँदा उहाँको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा केसी १४ दिनदेखि अनशनरत हुनुहुन्छ ।

प्रकाशित मिति: २०१९-०१-२२ , समय : १८:४४:४७ , ५ वर्ष अगाडि