भोगटेनी माविको ४२ औ बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न

Enepal Patra Pvt. Ltd. , ६६८  पटक हेरिएको

लेटाङ, ८ फागुन । भोगटेनी माविको ४२ औ बार्षिक उत्सब तथा अभिभावक भेला विभिन्न कार्यक्रम गरि मनाईएको छ । विद्यालयको प्राङगण लेटाङ १ अधेरीमा भएको कार्यक्रममा विद्यालयले २०७५ सालमा गरेका गतिविधीहरु , वर्तमान अवस्था तथा भावि कार्ययोजनाहरुका वारेमा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
 
लेटाङ नगरप्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपमेयर कृष्णकुमारी निरौलाको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयको ऐतिहासिक पृष्ठभुमि तथा परिचय , विद्यालयको आर्थिक अबस्था , विद्यालयको बर्तमान अवस्था ,विद्यालयको आवश्यकता तथा भावि कार्ययोजना प्रतिवेदनको रुपमा प्रस्तुत गरिएको थियो ।
 
कार्यक्रममा विद्यालयमा कक्षा १ देखि ९ सम्म उत्कृष्ट हुने विद्यार्थीलाई पूरस्कृत समेत गरिएको थियो । एससिसि परिक्षामा उत्कृष्ट अंक ल्याउने रविन थापामगरलाई समेत उक्त कार्यक्रममा सम्मान तथा पूरस्कृत गरिएको थियो । अतिरिक्त क्रियाकलापमा भाग लिएर विजेता वनेको विद्यार्थीहरुलाई समेत उक्त कार्यक्रममा पूरस्कृत गरिएको थियो ।
 
बर्षभरीको कार्यसम्पादन मुल्याङकन गरेर सो विद्यालयकी शिक्षक पद्य्मावती मगरलाई सम्मान गरिएको थियो भने यसै बर्ष विद्यालयमा लामो समय सेवा गरेर अवकास प्राप्त गरेका शिक्षक द्धोय हरिनारायण यादव र टेकबहादुर लिम्बुलाई सम्मान सहित विदाई गरिएको थियो ।
 
कार्यक्रममा वडा नं. १ का अध्यक्ष विष्णु कुमार मगर , नेपाली कांग्रेस लेटाङका उपसभाति बालकुमार चेम्जोङ, युवा राजनीतिककर्मी युवराज तिम्सिना लगायतको उपस्थिती रहेको थियो ।
 
कार्यक्रमलाई विद्यालयका प्रधानाध्यापक नेत्र चुडालले सञ्चालन गर्नुभएको थियो भने सो विद्यालयको अध्यक्ष मोहन लिम्बुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२०-०२-२० , समय : २२:२३:१५ , ४ वर्ष अगाडि