कुईकुन्डा विजयी

Enepal Patra Pvt. Ltd. , ७६२  पटक हेरिएको

लेटाङ ६ फाल्गुन । साविक भोगटेनी गाविस स्तरिय भलिवल प्रतियोगितामा कुईकुन्डा भलिवल टिमले प्रथम स्थान हासिल गरेको छ । ८ वटा टिमले भाग लिएको उक्त प्रतियोगितामा आरुवोटेले द्धितिय स्थान प्राप्त गरेको छ भने आयोजक अधेरी भलिवल टिम तृितिय भएको छ ।
विजेता प्रथम द्धितिय र तेस्रो हुनेले क्रमश १५ ,१० र ५ हजार रुपैया प्राप्त गरेका छन् ।
कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । लेटाङ नगरपालिका र १ नं. वडा कार्यलयको आर्थिक सहयोगमा भएको उक्त प्रतियोगिताको विजेताहरुलाई नगरप्रमुख राईले बधाई तथा अझै प्रगतिको शुभकामना दिनुभएको छ । उहाँले समापन कार्यक्रमलाई सम्बोधन गर्दै खेल जीवन मानिसको विकासको अभिन्न अंग भएकाले खेललाई सबैले अपनाउनपर्ने वताउनुभयो । स्वास्थ्य रहन समेत हरेक ब्यक्तिले खेल खेल्न जरुरी रहेकाले यसको महत्व जनमानसमा रहेको वताउनुभयो । उहाँले लेटाङ नगरपालिका फुटवल र भलिवलमा अगाडी रहेको वताउदै खेलको विकासमा आफु जोडतोडले लागिरहेको वताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस लेटाङका उपसभापति वालकुमार लिम्बु , शिक्षा तथा खेलकुद विकास शाखाका कृष्ण घिमिरे, भोगटेनी साकोसकी अध्यक्ष मिना लिम्बु लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रम आयोजक बिबि आरुवोटे युवा क्लवका अध्यक्ष गणेशबहादुर तामाङको अध्यक्षता भएको थियो भने समितिका धिरेन राईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२०-०२-१८ , समय : १४:३६:४९ , ४ वर्ष अगाडि