महिला संघ द्वारा असक्त तथा असहायलाई सहयोग

Enepal Patra Pvt. Ltd. , ९४५  पटक हेरिएको

कानेपोखरी, ३ फाल्गुुन। नेपाली काँग्रेसको भातृ सँस्था नेपाल महिला संघ कानेपोखरीले पछिल्लो समय समाजमा उल्लेखनिय काम गर्दै आएका छन् । जसले गर्दा मोरङमा महिला संघले हाई हाई र चर्चा बटुलेकोे छ ।नेपाल महिला संघ कानेपोखरीले आयोजना गरेको देउसीभैलो कार्यक्रम २०७६ बाट संकलित रकम मध्येबाट कानेपोखरीका असक्त तथा असहायलाई सहयोग दिने कार्यक्रम अन्तर्गत पाचौ चरणको सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

गत माघ २८ गते कानेपोखरी गा।पा। वडा नं २, थारुचोकका दृष्टि बिहिन हेमुलाल राजवंसी तथा कानेपोखरी ४ का एकल महिला निसन्तान आमा छोरी बर्ष ६७ फुलमाया राई कि सहरा बिहिन लाई सहयोग गरिएको हो । दुवै घर परिवारलाई चामल १ बोरा, दाल २ केजी, नुन २ केजी, तेल २, बिस्कुट १ पोका सहयोग गरिएको देउसी भैलोकी संयोजक कमला योञ्जनले जानकारी गराउनु भयो । सचिव कोपिला कार्कीले आगामि महिनामा सहयोग गर्नुपर्ने परिवारको लागत संकलन गर्ने र सहयोग गर्ने जानकारी दिनुभयो । सहयोग बितरण कार्यक्रमा स्थानियको उल्खनियको उपस्थित थियो ।

महासमिति सदस्य जयराज संयोग, कानेपोखरी गा।पा। सभापति योगेन्द्र दाहाल, जिल्ला स। केदार थापा, गणेश थापा, नगेन्द्र भट्टराई नाति, गोपाल खड्का, महेस चैधरी, श्याम चौधरी, केशब खड्का, रबिलाल राजवंसि, उत्तम कोईराला, मनु गुरुङ, असोक शाह, कृष्ण घिमिरे, पर्दिप दाहाल, ४ नं वडा संयोजक भरत राई, सह संयोजक रमन कार्कि, जन्तलाल धिमाल, अमृत लिम्बू, राजकुमार धिमाल, सुरेस बराल, शंकर तामाङ, लगायतको उल्लेखनिय उपस्थित थियो
कार्यक्रमका सम्योजक कमला योन्जन, कृष्णमाया बिष्ट ‘कोपीला’ सचिव, डिल्लीमाया बस्नेत कोषाध्यक्ष, सदस्यहरुमा टंकेश्वरी याख्खा, राधा पाठक, शोभा रिजाल, पम्फा धिमाल, चन्दीदेवी धिमाल, रुपा भट्टराई, जानुका खरेल रहेका छन् । सो कार्यक्रममा विभिन्न ठाउमा समाज सेवि देवेन्द्र लुईटेलले शारिरिक रुपमा अपाङग बासुदेब धिमाललाई बैसाखी सहयोग गरि केहि समय हिड्न पनि सिकाउनु भयो । त्यस पछि बासुदेव धिमालका हर्षका आसुथामियनन र भन्नुभयो हस्ति आयर हेरेर फटो खिचेर जानू भयको थियो आजै ल्याई दिनुभयो मानवरुपी भगवान हुनुहुदो रहेछ वहाँ त । सो सहयोग गर्नु भयको कुरा कानेपोखरी गा। पा। सभापती योगेन्द्र दाहाल बताउनु हुन्छ । नेपाल महिला संघको कार्यमा आफनो सक्रिय सहभागिता र सहयोग रहने समाजसेवी देबेन्द्र लुईटेलले बताए ।,

प्रकाशित मिति: २०२०-०२-१६ , समय : ०५:४४:२५ , ४ वर्ष अगाडि