४८ हजार बढीले हात्तीपाइले विरुद्धको औषधि सेवन गरे

Enepal Patra Pvt. Ltd. , ६२८  पटक हेरिएको

पथरी शनिश्चरे, १ फागुन । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा सञ्चालित अभियानको आज छैटौं दिनमा ४८ हजार बढी नगरवासीले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् ।
हात्तीपाइले रोग विरुद्ध घर घरमा गएर औषधि खुवाउने आम औषधि अभियान अन्तर्गत आज ९ हजार २ सय ९९ जनाले औषधि सेवन गरेको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । छैटौं दिनसम्ममा नगरका १० वडाका ४८ हजार १ सय ८७ जनाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । जसमध्ये १० नम्बर वडामा रहेका भूटानी शरणार्थी शिविरका ४ सय ६८ जनाले औषधि सेवन गरेका छन् ।
आज वडा नम्वर १ मा ३ हजार ८ सय ५०, २ मा ६ सय ९९, ३ मा ४ सय ८४, ४ मा ४ सय ९५ र ५ मा ६ सय ४७ जनाले औषधि सेवन गरेका छन् । त्यसैगरी, वडा नम्वर ६ मा ७ सय ७१, ७ मा ५ सय २९, ८ मा ४सय ४०, ९ मा ५ सय ९ र १० मा ४ सय ७ जनाले औषधि सेवन गरेको तथ्यांक रहेको छ । पहिलो दिन ६ हजार १ सय ९०, दोस्रो दिन ९ हजार २ सय ४६ र तेश्रो दिन ८ हजार १ सय १२, चौथो दिन ८ हजार ७ सय २२ र पाचौ दिन ६ हजार ६ सय १८जनाले औषधि सेवन गरेका थिए ।

प्रकाशित मिति: २०२०-०२-१३ , समय : २१:५८:१७ , ४ वर्ष अगाडि