निशुल्क स्वास्थ्य शिविर सञ्चालन

Enepal Patra Pvt. Ltd. , ७१३  पटक हेरिएको

रतुवामाई,२७ माघ । रतुवामाई नगरपालिकाको नगर अस्पतालको रुपमा सञ्चालन हुन लागेको प्राथमिक स्वास्थ्य केन्द्र झुर्कियामा आज देखि दुई दिने निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । आँखा कान नाक घाँटी सम्बन्धी रोगहरुको शल्यक्रिया सहितको निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो ।
रतुवामाई नगरपालिकाको सहयोग , वि।पि नेत्र प्रतिष्ठान आँखा कान नाक घाँटी उपचार केन्द्र सौँठाको आयोजना तथा वि।पि नेत्र प्रतिष्ठान आँखा कान नाक घाँटी अस्पताल तथा पुनःस्थापना केन्द्र, भक्तपुरको प्राविधिक सहयोगमा विशेषज्ञ स्वास्थ्य शिवीर सुरु भएको छ ।
शिविरको उद्घाटन गर्नुहुदै नगर प्रमुख रविन राईले सवै जनताहरुलाई सर्वसुलभ तरिकाले सबै किसिमका सेवाहरु उपलब्ध गराउने बताउनु भयो । वहाँले बाटो घाटोले मात्र जनताको सेवा नहुने भन्दै जनताको आवश्यकता सम्बन्धी सबै सेवा नगरपालिकाले उपलब्ध गराउने वताउनु भयो । यो स्वस्थ्य शिविरबाट सम्पूर्ण नगरवासीहरुलाई लाभ लिन आग्रह पनि गर्नुभयो । हाल वि।पि नेत्र प्रतिष्ठान आँखा कान नाक घाँटी उपचार केन्द्र सौँठाबाट सेवा प्रवाह भैरहेको बताउदै वहाँले प्रतिष्ठानको स्थायी संरचना निर्माण भईरहेको र सम्पन्न भएपछि सेवा विस्तार सहित स्थायी रुपमा स्थायी रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनु भयो ।
शिविर संयोजक शुभाष न्यौपानेले शिविरमा नेपाल मात्र नभएर छिमेकी मुलुक भारतका विरामीले समेत सेवा लिएको बताउनु भयो । स्थानीय ठाउमा शल्यक्रिया सहितको पहिलो स्वास्थ्य शिविर भएको वहाँले बताउनु भयो ।
शिविरमा पहिलो दिन आज २६१ जनाले सेवा लिएका छन् । शिविरमा निःशुल्क आँखाको नाक कान घाँटीको परिक्षण , मोतिविन्दु तथा कानको निशुल्क शल्यक्रिया , सहुलियत दरमा चस्मा तथा श्रवण यन्त्र वितरण गरिनुका साथै शिविरमा यपचार हुन नसक्ने दृष्टिविहीन तथा कान नसुन्ने ३ देखि ८ वर्षका बालबालिकाहरुको लागि परामर्श गरी विद्यालय भर्ना गर्ने व्यवस्था मिलाउने तथा उमेर पुगिसकेका दृष्टिविहीन तथा कान नसुन्ने हरुका लागि परामर्श तथा जिवनोपयोगि तालिम दिने व्यवस्था गरिने छ ।

प्रकाशित मिति: २०२०-०२-१० , समय : १९:५०:०९ , ४ वर्ष अगाडि