बलात्कार गर्न आएका व्यक्ति युवतीको कुरा सुनेर भागे

Enepal Patra Pvt. Ltd. , ८०२  पटक हेरिएको

एजेन्सी, २७ माघ । चीनमा अहिले निकै खतरनाक कोरोनाभाइरस फैलिइरहेको छ । यो भाइरसका कारण अहिलेसम्म आठ सय जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

तर, यही भाइरसले चीनमा एक युवतीको इज्जत र ज्यान बचाएको छ । घटना चीनको वुहान शहरको भएको डेलिमेलले लेखेको छ ।

चीनमा एक युवतीलाई बलात्कार गर्ने नियतले एक युवक आएका थिए । युवकले उनलाई बलात्कार गर्ने प्रयास गरेपछि युवती आत्तिइन् । डराएकी युवतीले खोकेको नाटक गर्दै आफू कोरोनाभाइरस पीडित भएको बताइन् । युवतीको यो आइडियाले काम ग¥यो । बलात्कार गर्ने नियतले आएका ती युवक डराए र युवतीलाई छोडेर भागे ।

आरोपीको नाम शियो भएको बताइएको छ । उनी करिब २५ वर्षका छन् । पुलिसका अनुसार वुहान शहरमै ती युवक युवतीको घरको ढोका फुटाएर बेडरुममा छिरेका थिए ।

बेडरुममा घुसेर युवतीसँग जबरजस्ती गर्न लागेपछि युवतीले आइडिया लगाएर आफू कोरोना पीडित भएको बताएकी थिइन् ।

प्रकाशित मिति: २०२०-०२-१० , समय : १८:०६:२९ , ४ वर्ष अगाडि