चमेरो हुनसक्छ कोरोना भाइरसको प्राथमिक स्रोत

Enepal Patra Pvt. Ltd. , ११३६  पटक हेरिएको

 

काठमाडौं, २० माघ । कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या बढ्दो छ । चीनको वुहान शहरबाट सुरु भएको मानिएको यो भाइरसका कारण विश्वभर त्रास बढ्दो छ ।

वैज्ञानिकहरूले भने यो भाइरस चिनियाँ शहर वुहानकोे समुद्री जीवहरू बेच्ने बजारबाट उत्पन्न भएका विश्वास गरेका छन् । यो बजार जंगली जनावरहरु सर्प, राति हिंड्ने अमेरिकी हिंस्रक जीव ९रैकुन०, दुम्सी ९पोर्कुपिन० जस्ता जीवहरूको अवैध व्यापारका लागि परिचित थियो । जंगली जनावरहरूलाई पिंजडामा राखिन्थ्यो र खाद्य पदार्थ तथा औषधिका रूपमा प्रयोग गरिन्थ्यो ।

तर खुबे प्रान्तमा प्रतिबन्ध लगाएपछि बजार क्षेत्रमा पनि यसको किनबेचमा रोक लागेको छ ।

चीन विश्वको सबैभन्दा अत्याधिक जंगली जनावर उपभोग गर्ने मुलुक हो । कानुनी र अवैध रुपमा यसको व्यापार सञ्चालन गर्ने मुलुकको रुपमा चीनले लिने गरिन्छ ।

चीनले लगायो प्रतिबन्ध

विश्व स्वास्थ्य संगठनकाअनुसार यो भाइरसको प्राथमिक स्रोत चमेरा हुन सक्छ । यो भाइरस मानिसमा आउनुभन्दा पहिले कुनै जनावरमा गएको हुनुपर्छ, जसको पहिचान अहिलेसम्म भएको छैन । चीनमा केही जनावरहरू तिनीहरूको स्वादको कारण खाइन्छ । जुन जनावरहरू परम्परागत चिकित्सामा प्रयोग गरिन्छ ।

चीनका विभिन्न शहरमा रहेका धेरै रेस्टुरेन्टले चमेराको झोल ९सुप० उपलब्ध गराउँदछ । रेष्टुरेन्टहरुमा कचौरा भरी चमेराको मासुसहित सुप बेच्ने गरिन्छ ।

सुपमा बाघको अण्डकोष र बिरालो जस्तो जनावर ९पाम सिभेट०को शरीर भागहरू पाइन्छन् । भुटेको कोब्रा सर्प, भालुको पञ्जा, बाघको हड्डीबाट बनेको मदिरा जस्ता खाद्य तथा पेय पदार्थ पनि महँगो रेस्टुरेन्टमा खुवाउने गरिन्छ ।

चीनमा पशु व्यापारको अनुसन्धान गर्ने एक अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्धित एक अन्वेषकले भनेका छन्, ‘चीनमा ‘येवै’को विचार ९चिनियाँ भाषमा यो शब्दको अनुवाद जंगली परीक्षण हुन्छ ० घरघरमा बोल्ने शब्द हो, जुन चीनमा सांस्कृतिक रूपले साहसिक कार्य, अन्वेषण प्रकृति र विशेषाधिकारलाई जनाउँछ ।’

जनावरबाट बनाइएको परम्परागत चिनियाँ औषधिको प्रयोगले पुरुष नपुंसकता, आर्थराइटिस र गठिया जस्ता धेरै रोगहरू निको पार्ने विश्वास गरिन्छ ।

विलुप्त हुने जोखिम

चीनमा पेंगोलिन जनावरबाट बनाइएको हतियारको माग बढेका कारण यो जनावर झण्डै लोप हुने अवस्थामा पुगेको छ ।

विश्वको अन्य मुलुकहरूमा समेत सबैभन्दा बढी शिकार हुन जनावर मध्येमा यो जनावर पर्छ । चिनियाँ औषधिमा गैंडाको सिङ्ग समेत अत्याधिक प्रयोग गरिन्छ । यही कारणले गैंडा पनि लोप हुने अवस्थामा पुगिसकेको छ ।

७० प्रतिशत नयाँ भाइरस विशेष गरी जंगली जनावराट आएको थाहा हुँदाहुँदै पनि यो सबै चीनमा भइरहेका छन् । कोरोना भाइरसले एक पटक फेरि चीनमा जंगली जनावरको जथाभावी हुने व्यापारले निम्त्याएको खतराबारे सबैको अगाडि ल्याइदिएको छ ।

वन्यजन्तुको संरक्षणमा काम गर्ने संस्थाले यस किसिमको व्यापारले धेरै प्रजातिका जनावरहरु लोप हुने अवस्थामा पुगेको भन्दै आलोचना गर्दै आइरहेको छ ।

कोरोना भाइरस फैलिसकेपछि चिनियाँ सरकारले तत्काल वन्यजन्तुको व्यापारमा प्रतिबन्ध लगाएको छ । तर वन्यजन्तु संरक्षणको लागि काम गरिरहेका संगठनहरूले यही समयमा यसको व्यापारलाई पूर्ण रूपमा रोक्ने कोसिस गरिरहेका छन् ।

बीबीसीको सहयोगमा अनलाईन खबरले समचार लेखेको छ ।

प्रकाशित मिति: २०२०-०२-०३ , समय : १९:४१:२४ , ४ वर्ष अगाडि