सहिद दिवसको अवसरमा मोरङ काँग्रेसले गर्यो कवि गोंष्ठी

Enepal Patra Pvt. Ltd. , ९३०  पटक हेरिएको

बिराटनगर, १७ पुस । नेपाली काग्रेस मोरंगको को आयोजनामा मोरंग कांग्रेसकै सचिवालयमा सहिद दिवसको स्मृतिमा विशेष कविगोष्ठीको आयोजना गर्यो । प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल रहनु भएको कविगोष्ठीमा दधिराज सुवेदी , गोकुल अधिकारी , भरत गुरगाइ , ओम आचार्य , मीन कुमार नवोदित , राधिका गुरगाइ , निर्मला केइराला , नारायण सापकोटा , प्रमोद ढकाल , दिगंलाली कान्छो , चुडामणी नेपाल अकिंचन , योगराज दाहाल लगायतका कविहरुले कविता वाचन गरेका थिए ।

मोरंग सभापति डिग वहादुर लिम्बुले सभापतित्व गर्नु भएको सो कार्यक्रममा मोरंग काग्रेस ले साहित्य र साहित्यकार लाइ सधै सम्झने गरेको बताउनुभयो । विगतमा पनि यस्तै कवि गोष्ठीको आयोजना गर्दै मोरंग काग्रेसले निकाल्ने मुख पत्र चारतारामा पनि कविहरुलाइ उल्लेख्य रुपमा समेटेको कुरा पाटी सभापति लिम्बुले राख्दै आगमी दिनमा अझ परिमार्जित र स्तरिय कार्यक्रम गर्ने उल्लेख गर्नुभयो । विराटनगरका प्रतिनिधी मुलक कविताहरु “प्रकाशन गर्ने योजना रहेको विचार पनि उक्त कवि गोष्ठीमा सभापति ले वताउनु भयो ।

कवि गोंष्ठीको सन्चालन मोरंग काग्रेसको प्रशिंक्षण विभागका ओम आचार्य द्वारा भएको थियो ।

प्रकाशित मिति: २०२०-०१-३१ , समय : १८:२७:२३ , ४ वर्ष अगाडि