एमसीसी फिर्ता लैजान माग गर्दै हस्ताक्षर अभियान

Enepal Patra Pvt. Ltd. , ६९६  पटक हेरिएको

उर्लाबारी,१५ माघ । देशैभर बिरोध र समर्थनका विषयमा बहस चलिरहेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लैजान माग गर्दै मोरङको उर्लाबारी स्थित ग्लोवल युवा क्लवले हस्ताक्षर अभियान सुरु गरेको छ ।
उर्लाबारीको ट्याक्सी स्टेण्डमा बुधवार खाली सेतो ब्यानर राखेर चौकमा हिड्ने सर्बसाधरणबाट हस्ताक्षर जुटाउन थालिएको हो । क्लवका सल्लाहकार  संयोजक सर्वजीत भण्डारीले भन्नुभयो – स्वतस्फुर्त रुपमा सर्वसाधरणले हस्ताक्षर गरिरहनु भएको छ । उहाँले हस्ताक्षर अभियानमा सबै दलका मानिसहरूको उल्लेख्य सहभागिता रहेको बताउनु भयो । दिउँसो ३ बजेबाट सुरु भएको अभियानमा २ हजार बढीले हस्ताक्षरण गरेको उहाँले बताउनु भयो । अभियान बिहीबार बिहान उर्लाबारी बहुमुखी क्याम्पसमा पनि सञ्चालन हुनेछ । २४ फिट लम्बाई र ४ फिट चौडाईको ब्यानर हस्ताक्षरले भरिसकेकोले नयाँ ब्यानरमा भोलि अभियान सुरु हुने क्लवका अध्यक्ष प्रेम याक्खाले बताउनु भयो । याक्खाका अनुसार हस्ताक्षर सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही मार्फत परराष्ट्र मन्त्रालयमा पठाइने छ ।

प्रकाशित मिति: २०२०-०१-२९ , समय : १८:४४:४३ , ४ वर्ष अगाडि