ब्राह्मण–क्षेत्री समूदायका आमाहरू पञ्चेबाजा बजाउन सिक्दै

Enepal Patra Pvt. Ltd. , ९४८  पटक हेरिएको

ईनेपालपत्र डेक्स
मोरङ, १३ माघ । ब्राह्मण–क्षेत्री समुदायका महिलाले बाजा छुनुहुँदैन भन्ने परम्परागत मान्यता अझै पनि हाम्रो समाजमा विद्यमान छ ।तर, म्याग्दीको बेनी नगरपालिका–४,राक्सेमा यो मान्यतालाई तोड्दै ब्राह्मण–क्षेत्री समुदायका महिलाहरु पञ्चेबाजा बजाउन थालेका छन् ।
म्याग्दीको बेनी नगरपालिका राक्सेमा बारीका पाटामा मुखले फुकेर सहनाई बजाइरहेकी अगुवा हिरा पौडेलको नजिकै दुर्गा पौडेलले ढोलकी बजाउँदै हुनुहुन्थ्यो ।

उहाँ जस्तै करिब एक महिनादेखि पौडेलले घरायसी काम सक्ने वित्तिकै हतार–हतार खेतमा पुग्ने गरेका राक्सेका महिलाहरु दैनिकजसो दमाहा, ट्याम्को, कर्णाल र नरसिंङ्गा जस्ता विभिन्न थरीका बाजाहरुमा बजाउन फुक्न सिकिरहनु भएको छ ।
१० जना महिलाको सहभागिता रहेको तालिममा सनाहीको सुरिलो लय त्यसपछि ढोलकी , ट्याम्कोे दमाहा लगायतका बाजासँगै आकाशतिर फर्काएर नरसिङ्गाको धुनले सिंगो गाउँ नै आकर्षित भएको नौमति बाजा समुह राक्सेकी अगुवा हिरा पौडेलले बतामउनु भयो ।

सुरुवातमा केही असहज भए पनि अहिले भने यसमा आकर्षण बढ्दै गइरहेको र यसलाई सीप हस्तान्तरणको अभियानका रुपमा लिएको बताइएको छ ।

त्यसको लागि १ लाख ४२ हजार रुपैयाँकोे लागतमा खरिद गरेका बाजा सिक्दै गरेका महिलाले दलित र गैरदलित समुदायको सहकार्यमा थालिएको अभियानमा महिलालाईसमेत पञ्चेबाजा बजाउन अब्बल बनाउने उद्देश्य लिइएको छ ।

मनदेखि नै ईच्छाशक्ति भएकाहरु त परिवारका सदस्यले विरोध गर्दागर्दै पनि यस अभियानमा सरिक देखिन्छन् । यसबाट नकारात्मक असर पारिरहेको परम्परागत सोचलाई तोड्ने प्रयास भएको अधिकांश महिलाको भनाइ छ ।

नौमति बाजा समुह नै बनाएका महिलालाई प्रकाश परियारले प्रशिक्षण दिइरहनुभएको छ । प्रशिक्षक परियारका अनुसार म्याग्दी जिल्लामा ब्राह्मण र क्षेत्री महिलाले पञ्चे र नौमति बाजा बजाउन सिकेको यो नै पहिलो अभियान होे ।

बाजामा दमाई जातिका मानिसको नै वर्चस्व हुने गरेको अवस्थामा ब्राह्मण, क्षेत्री, दमाई, कामीले संयुक्त रुपमा बाजा सिक्नुलाई समाजमा परिवर्तनको एउटा उदारहणको रुपमा लिइएको छ ।

प्रकाशित मिति: २०२०-०१-२७ , समय : ०९:४७:३७ , ४ वर्ष अगाडि