हात्तीपाइले निवारणमा पथरी नगरले प्रभावकारी कार्यक्रम ल्याउँदै

Enepal Patra Pvt. Ltd. , १२१४  पटक हेरिएको

हरि कोइराला,
पथरीशनिश्चरे(मोरङ), ११ माघ । गत वर्ष हात्तीपाइले निवारणका लागि औषधी खुवाउने अभियानमा देश मै पहिलो भएको पथरीशनिश्चरे नगरपालिकाले यो वर्ष पनि कार्यक्रमलाई घरदैलो पु¥याउँने भएको छ ।
शुक्रबार पथरी नगर अस्पतालमा आयोजित कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राईले विशवबाट नै हात्तीपाइले रोग निवारण गर्न गाउँ गाउँ सम्म औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो । गत वर्ष नगरपालिकाले ९० प्रतिशत नगरबासीलाई ओषधि खुवाएको सस्मरण गर्दै उहाँले यो वर्ष पनि औषधि वितरणका लागि प्रभावकारी कार्यक्रम बनाइएको बताउनु भयोृ । माघ २५ देखि खुवाइने औषधिको अभियानका लागि स्वास्थ्य संस्था, विद्यालय, रेडक्रस, सामाजिक संघ संस्था, पत्रकार सहितसँग छलफल गरिने उहाँको भनाई थयो ।
उहाँले यो आम औषधि अभियान अन्तर्गत प्रत्येक व्यक्तिले औषधि खाने कार्यक्रमलाई सवै पक्ष मिलेर सफल पार्न आव्हान गर्नुभएको छ ।
नगर क्षेत्रका ५० जना स्वास्थ्यकर्मीका लागि माघ १४ र १५ गते अभिमुखीकरण कार्यक्रम राखिने निर्णय भएको छ । यसका साथै औषधि खुवाउन खटिने नगरका ३० जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पनि अभिमुखीकरण गराइने छ । १० वटै वडामा वडाका २० जना सामाजिक अगुवाहरुका लागि १६ देखि २० गतेसम्म अभिमुखीकरण गर्ने, प्रचार प्रसारका लागि नगरका २० स्थानमा व्यानर राख्ने, स्थानीय रेडियोमार्फत सूचना प्रवाह गर्ने र माइकिङ गर्ने निर्णय भएको छ । साथै विद्यालयहरुमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमसँग जोडेर हात्तीपाइले रोग निवारण र त्यस विरुद्धको औषधि सेवनका बारेमा जानकारी गराउने पनि निर्णय गरिएको छ ।
कार्यक्रममा पथरी नगर अस्पतालका मेडिकल अधिकृत सावन मेहता र नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले हात्तीपाइले रोगको विगत, वर्तमान र औषधि खुवाउन घर सम्म पुग्दाका चुनौतिका बारेमा प्रकाश पार्नु भएको थियो । अभियान सञ्चालनको अवधिमा हाइड्रोसिल भएकाहरुलाई निःशुल्क शल्यक्रिया गरिने संयोजक आचार्यले बताउनु भयो ।
मोरङ जिल्लामा ९ औं पटक हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुन लागेको हो

प्रकाशित मिति: २०२०-०१-२५ , समय : १८:४२:०१ , ४ वर्ष अगाडि