प्रधानमन्त्रीद्वारा प्रदेशसभा सदस्यको निधनमा समवेदना

Enepal Patra Pvt. Ltd. , ७३१  पटक हेरिएको

काठमाडौँ,६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका नेता बलदेव पोखरेलको निधन भएको खबरले आफूलाई अत्यन्त दुःख लागेको जनाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज शोक विज्ञप्ति जारी गरी उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । फोक्सोको क्यानसरबाट पीडित पोखरेल प्रदेशसभामा ज्येष्ठ सदस्य तथा प्रमुख विपक्षी दलको नेता समेत हुनुहुन्थ्यो । प्रधानमन्त्री ओलीले रुपन्देहीमा नेपाली काँग्रेसको प्रतिबद्ध नेताको छवि बनाउनुभएका पोखरेलले समाज र राजनीतिमा पु¥याउनुभएको सकारात्मक योगदानको स्मरण पनि गर्नुभएको छ ।

यसैगरी, प्रधानमन्त्री ओलीले तत्कालीन धरान नगरपालिकाका पूर्वप्रमुख ध्यानबहादुर राईको निधन भएकामा श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । न्याय, समानता, स्वतन्त्रता र समाजको परिवर्तनका लागि कम्युनिष्ट आन्दोलनमा समाहित हुँदै राजनीतिमा होमिनुभएका राई २०४९ सालमा तत्कालीन नेकपा ९एमाले०का तर्फबाट नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

यसैबीच, सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उहाँको निधनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: २०२०-०१-२० , समय : १९:१६:०८ , ४ वर्ष अगाडि