महाभारत माविको स्वामित्वमा रहेको करिब ३ रोपनी जग्गाको सरसफाइ कार्यक्रम सम्पन्न।

निरोज ढकाल , ४  पटक हेरिएको

 

लेटाङ-२३, साउन । मोरङको लेटाङ–६ स्थित श्री महाभारत माध्यमिक विद्यालयको स्वामित्वमा रहेको करिब ३ रोपनी जग्गामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

 

पूर्वाञ्चल भ्यु रिसोर्टको पश्चिमपट्टि टाँसिएको जग्गामा शनिबार बिहान सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। विद्यालयको स्वामित्वमा रहेको जग्गालाई संरक्षण , व्यवस्थापन तथा सुन्दर बनाउने र आगामी दिनमा उक्त क्षेत्रमा बगैंचा निर्माण गर्ने उद्देश्यले सरसफाइ गरिएको विद्यालयले जनाएको छ।

सरसफाइ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक याम थापा, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। साथै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जङ्गवीर तामाङ र महाभारत सामुदायिक वनका पूर्वअध्यक्ष यज्ञ खजुम लगायतको उपस्थिति रहेको थियो।

 

लामो समयदेखि झाडीले ढाकिएको महाभारत माविको स्वामित्वमा रहेको उक्त जग्गा सरसफाइ गरिएपछि व्यवस्थित बनेको छ। विद्यालयले आगामी दिनमा सो स्थानमा बगैंचा निर्माण गरी थप हरियाली तथा आकर्षक बनाउने योजना अघि बढाउने जनाएको छ। विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकको सहभागितामा सम्पन्न सरसफाइ कार्यक्रमले वातावरणीय सुधारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-०८-०८ , समय : १४:१८:३८ , १ घन्टा अगाडि