प्रशान्त निराैला , १५ पटक हेरिएको
काठमाडौं, ९ बैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थापना दिवसको कार्यक्रमलाई बुधबार सम्बोधन गर्नुहुने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ७७औँ स्थापना दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यलय च्यासलमा बुधबार दिउँसो २ बजे हुने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने पार्टी कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिनुभएको हो । अध्यक्ष ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशालगायत विषय समेटिने बताइएको छ ।
सोही कार्यक्रममा सहभागी हुन काठमाडौँ उपत्यकामा रहेका पार्टी केन्द्र, जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छकहरुलाई आग्रह गरिएको छ । नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो ।
प्रकाशित मिति: २०२६-०४-२२ , समय : ११:०३:०६ , ३ घन्टा अगाडि