राजस्वको लक्ष्य भन्दा बढी रकम संकलन गर्न भन्सारका कर्मचारीलाई अर्थमन्त्री वाग्लेको निर्देशन

इनेपालपत्र , १३  पटक हेरिएको

काठमाडौं, २२ चैत । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले राजस्वको लक्ष्य भन्दा बढी रकम संकलन गर्ने गरी काम गर्नका लागि वीरगञ्ज भन्सारका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

अर्थमन्त्री वाग्लेले शुक्रबार वीरगञ्ज भन्सार कार्यालयको निरीक्षण गर्दै लक्ष्य अनुसारको राजस्व उठाउन पनि दबाब पर्ने भएता पनि संवादमार्फत नै राजस्वको लक्ष्य भन्दा बढी रकम उठाउन अनुरोध गर्नुभएको हो । उहाँले राम्रो काम गर्नेलाई प्रशंसा तथा पुरस्कृत गर्ने रनराम्रो काम गर्नेलाई हतोत्साहित गर्ने नीतिअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अर्थमन्त्री वाग्लेले बदमासी गर्नेविरुद्ध राज्य एकदमै निर्मम भएर अघि बढ्ने समेत बताउनुभएको छ। समयले अहिले काँचुली फेरेको समेत दावी गर्नुभयो । नयाँ चाल र लयलाई समात्नुपर्छ भन्ने आफूलाई लागेको उहाँको भनाइ छ। अब सेवा प्रवाहमा नयाँ अनुभव गर्न पाउनुपर्नेमा उहाँको जोड थियो ।

प्रकाशित मिति: २०२६-०४-०५ , समय : १३:४०:०५ , ६ घन्टा अगाडि