हर्क साम्पाङ विजयी

प्रशान्त निराैला , १४  पटक हेरिएको

सुनसरी, २४ फागुन। सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) विजयी भएका छन्। उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छन्। साम्पाङले तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गरेका हुन्।
यससँगै सुनसरी १ मा श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य जितेको छ। यसअघि सोही पार्टीका आरेन राई खोटाङ १ बाट निर्वाचित भइसकेका छन् भने भोजपुर १ मा पनि पार्टीका ध्रुवराज राईले प्रारम्भिक मतगणनामा अग्रता लिएका थिए।

प्रकाशित मिति: २०२६-०३-०८ , समय : १५:३१:०६ , १८ घन्टा अगाडि