लेटाङ जेसीजका अध्यक्ष छत्रकुमार निरौला नेपाल जेसीजको राष्ट्रिय जनसम्पर्क अधिकृतमा मनोनित

प्रशान्त निराैला , ३३  पटक हेरिएको

लेटाङ, १४ माघ। नेपाल जेसीजले लेटाङ जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी छत्रकुमार निरौलालाई नेपाल जेसीज वर्ष–२०२६ का लागि “National Public Relation Officer (NPRO)” पदमा मनोनयन गरेको छ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसी जीवन कार्कीले मिति २०२६ जनवरी १ मा जारी गरेको मनोनयन पत्रअनुसार नेपाल जेसीज वर्ष–२०२६ को प्रकरण “Aim, Act, Achieve” लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यसहित निरौलालाई उक्त जिम्मेवारी दिइएको हो।

नेपाल जेसीजले युवाहरूको नेतृत्व विकास, व्यक्तित्व विकास तथा उद्यमशीलता प्रवर्द्धन गर्दै जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्‍याउने साझा लक्ष्यका साथ Project Sankalpa अन्तर्गत अघि बढाइएको “एकताको संकल्प, रूपान्तरणको यात्रा” अभियानलाई सशक्त बनाउन निरौलालाई सहयात्रीका रूपमा जिम्मेवारी प्रदान गरेको जनाएको छ।

नेपाल जेसीजको विधानको परिच्छेद ८, धारा ८.४ बमोजिम गरिएको यस मनोनयनमा निरौलाको निरन्तर सक्रियता, नेतृत्व क्षमता तथा संगठनप्रतिको योगदानलाई उच्च मूल्याङ्कन गरिएको उल्लेख छ। मनोनयन पत्रमा निरौलाको भूमिकाले नेपाल जेसीज वर्ष–२०२६ लाई उत्कृष्ट, उपलब्धिमूलक र उदाहरणीय वर्षका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

राष्ट्रिय तहको यस गरिमामय तथा जिम्मेवारीपूर्ण पदमा मनोनयन भएपछि लेटाङ जेसीज, स्थानीय जेसी सदस्यहरू तथा शुभेच्छुकहरूले निरौलालाई बधाई दिँदै सफल र प्रभावकारी कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०२६-०१-२८ , समय : २०:४४:४७ , २ घन्टा अगाडि