विराटनगर जेसीजको २०२६ का लागि नयाँ कार्यसमितिको शपथ तथा पदस्थापन सम्पन्न

निरोज ढकाल , ५८  पटक हेरिएको

विराटनगर जेसीजको २०२६ का लागि नयाँ कार्यसमितिको शपथ तथा पदस्थापन सम्पन्

विराटनगर ।

विराटनगर जेसीजको ५२औँ निर्वाचन प्रक्रियाबाट चयन भएको वर्ष २०२६ का लागि नयाँ कार्यसमितिको शपथ तथा पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। ५३ वर्षको गौरवशाली इतिहास बोकेको मातृ शाखा विराटनगर जेसीजले आफ्नो पदस्थापना कार्यक्रम सफलताका साथ सम्पन्न गरेको हो।

नवनिर्वाचित पदाधिकारीहरू यसप्रकार छन्:

अध्यक्ष: जेसी कविराज दाहाल

वरिष्ठ कार्यकारीणी उपाध्यक्ष: जेसी रञ्जन कुमार शाही

तालिम निर्देशक: जेसी अभिषेक भट्टराई

कार्यकारिणी उपाध्यक्ष: जेसी रिजन सिग्देल, जेसी अनुज दाहाल

उपाध्यक्षहरू:

जेसी विनु वान्तवा राई

जेसी अमित कर्ण

जेसी अभिषेक गौतम

जेसी गुणानन्द महतो

जनसम्पर्क अधिकारी: जेसी आकृति रानी फुयल

बिराटनगरस्थित होटल स्वागतम् मा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका वन तथा वातावरण मन्त्री तथा विराटनगरका पूर्व नगर प्रमुख भीम पराजुलीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो। कार्यक्रममा बिराटनगर जेसीजको प्रोजेक्ट जेसी बाल सदनका विद्यार्थीहरूको स्वागत नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

पदस्थापन समारोहमा संस्थाका पूर्व अध्यक्ष तथा प्रमुख निर्वाचन आयुक्त जेसी तुलसी निरौलाले निर्वाचन प्रक्रिया सम्पन्न गराउँदै नव निर्वाचित अध्यक्ष जेसी कविराज दाहालसहित सम्पूर्ण पदाधिकारीहरूलाई शपथ ग्रहण गराई पदस्थापन गर्नुभएको थियो। साथै वर्ष २०२५ का अध्यक्ष प्रीतेशराज दाहालबाट अध्यक्ष चेनसहित औपचारिक रूपमा पद हस्तान्तरण गरिएको थियो।

नवनियुक्त अध्यक्ष जेसी कविराज दाहालले महासचिवमा जेसी सिर्जना थापा, कोषाध्यक्षमा जेसी अमित अग्रवाललाई मनोनयन गर्नुका साथै अन्य विभिन्न पदहरूमा पनि पदाधिकारीहरूको मनोनयन गर्नुभएको छ।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा मोरङ क्षेत्र नं. ५ का पूर्व संघीय सांसद योगेन्द्र मण्डल, लायन्स जिल्ला ३२५सी नेपालका पूर्व गभर्नर विकास अधिकारी, नेपाल जेसीजका विभिन्न पदाधिकारी, विभिन्न शाखाका अध्यक्ष तथा प्रतिनिधिहरू, बिराटनगर जुनियर जेसीजका पदाधिकारीहरू, जेसी बाल सदनका शिक्षक–विद्यार्थी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकार लगायत ३०० भन्दा बढीको उपस्थिति रहेको थियो।

विराटनगर जेसीजकी नव निर्वाचित महासचिव जेसी सिर्जना थापाले जानकारी दिनुभएको हो।

प्रकाशित मिति: २०२६-०१-२१ , समय : ११:०५:१८ , ३ घन्टा अगाडि