पथरीमा Right Change Education Consultancy को शाखा विस्तार

निरोज ढकाल , ३  पटक हेरिएको

पथरीमा Right Change Education Consultancy को शाखा विस्तार

 

पथरीशनिश्चरे, २ पुस । मोरङ जिल्लाको पथरीशनिश्चरे नगरपालिका–१ स्थित बिष्टा प्लाजामा Right Change Education Consultancy को पथरी शाखा औपचारिक रूपमा सञ्चालनमा आएको छ।

 

उक्त शिक्षा परामर्श केन्द्रका सञ्चालक तथा डाइरेक्टर कर्ण राईको नेतृत्वमा सञ्चालनमा आएको यस शाखाले वैदेशिक शिक्षा, करियर काउन्सेलिङ, भाषा प्रशिक्षण तथा विद्यार्थी मार्गदर्शन सम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ।

 

कार्यक्रममा पथरी शाखाका प्रतिनिधि अतित घलेले संस्थाले विद्यार्थीको भविष्य निर्माणमा गुणस्तरीय र विश्वासिलो सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, Right Change Education ले यसअघि अन्य स्थानमा पनि सफलतापूर्वक सेवा दिँदै आएको जानकारी गराइयो।

 

शाखा उद्घाटन कार्यक्रममा right change education का संचालक रन्जित पुरी प्राइम बैंक पथरी शाखाका प्रतिनिधि पुण्य रेग्मी, गणेश श्रेष्ठ, तथा विभिन्न स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले शिक्षा क्षेत्रमा यस्ता परामर्श केन्द्रको आवश्यकता रहेको बताउँदै Right Change Education को सफलताको कामना गरे।

 

स्थानीयस्तरमा शिक्षा र अवसरको पहुँच बढाउने उद्देश्यले स्थापना गरिएको यस संस्थाले पथरी, उर्लाबारी ,लेटाङ , कानेपोखरी लागायत्को क्षेत्रका विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको छ।

प्रकाशित मिति: २०२५-१२-१७ , समय : २२:४३:१८ , २ घन्टा अगाडि