प्रहरी प्रेसर हर्न हटाउँदै , चालक भन्छन्– हर्न हटाउँदैमा समस्या समाधान हुन्न

Enepal Patra Pvt. Ltd. , ९१६  पटक हेरिएको

हरि कोइराला ,

पथरीशनिश्चरे(मोरङ), २ माघ । पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको जिरिखिम्तिमा बिहीबार अपरान्ह प्रहरीले गाडी रोक्दै प्रेसर हर्न झिकिदियो । लामो तथा छोटो दुरीका यात्रुबाहक बस मात्र होइन, मालबहाक ट्रक,ट्याक्टर जीप, भ्यान पनि प्रहरीले रोक्यो र सहचालकको सहयोगमा प्रेसर हर्न झिकिदियो ।

प्रेसर हर्न झिक्ने टोलीको नेतृत्व पथरीशनिश्चरेस्थित इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक दिलिपकुमार गिरीले गर्नु भएको थियो ।
किन यसरी गाडी रोक्दै प्रेसर हर्न झिकिरहनु भएको छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो वातावरणमा ध्वनि प्रदुषण भइरहेको छ । गिरीले भन्नुभयो–‘ आम चालकले प्रेसर हर्न बजाएपछि सडकको जाम खुल्छ भन्ने बुझेका छन् । प्रेसर हर्नले सडकमा ध्वनि प्रदुषण हुने र कानको श्रवण शक्ति कमजोर हुँदै जाने उहाँले बताउनु भयो । बिहीबार मध्यान्ह १ बजेबाट जिल्ला मै पहिलो पटक सुरु भएको अभियान केही दिन सञ्चालन हुने गिरीले बताउनु भयो । बिहीबार बेलुका सम्म झण्डै २ सय सवारी साधनको प्रेसर हर्न हटाइएको उहाँको भनाई छ ।
तर, सवारी चालकहरूले भने सडक बिस्तार नगरी प्रेसर हर्न मात्र हटाउँदा दुर्घटना अझै बढ्न सक्ने प्रतिक्रिया दिएकाछन् । बा ७ ख ७१८४ का चालकले नाम उल्लेख नगर्ने सर्तमा भन्नुभयो – सवारी साधन भित्रिने क्रम तीव्र छ । अघिल्लो वर्षको तुलना यो वर्ष पनि दोब्बर सवारी साधन भित्रिए । जनसङ्ख्या वृद्धिको दर पनि उस्तै छ । तर , सडक उही हो । २०२८ साल तिर बनेको सडकमा यति धेरै सवारी साधन धन्न चलेका छन् । उहाँले सडकको चौडाई नबढेकोमा गुनासो गर्नुभयो ।
अझ पहाडी सडकमा गुड्ने यात्रु र मालबाहक गाडीले प्रेसर हर्न हटाउ्रँदा घुम्तीमा विपरित दिशाबाट आउने गाडीसँग ठोक्किने सम्भावना रहेको चालकहरूको भनाई छ ।

प्रकाशित मिति: २०२०-०१-१६ , समय : १९:५२:३६ , ४ वर्ष अगाडि