१४ दिनमा २ हजार ४ सय १३ किलोमिटर यात्रातय

Enepal Patra Pvt. Ltd. , ६३७  पटक हेरिएको

पथरीशनिश्चरे(मोरङ), २ माघ । स्कुटरमा मेची महाकाली यात्रा गरी फर्किएका पथरीशनिश्चरेका ५३ वर्षीय मदनबहादुर अधिकारी र ३९ वर्षीय सुरेन्द्र थापाले बिहीबार पथरीशनिश्चरे नगरपालिकामा यात्रा टुङग्याउनु भएको छ ।
आफ्नो नगरको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्दै भ्रमण वर्ष २०२० को सफलतामा टेवा पु¥याउँन उहाँहरूले पुस १७ गते मोटरसाइकल यात्रा थाल्नु भएको थियो ।
१४ दिनमा भ्रमण सकेर उहाँहरू पथरी फर्किनु भएके हो । आफ्नै नगरका प्रमुख पर्यटकीयस्थल शान्तिभूल्के सिमसार क्षेत्रहुँदै उहाँहरुले मेचीबाट महाकालीसम्मको गरी २ हजार ४ सय १३ किलोमिटर यात्रा गर्नु भएको थियो ।
नगरपालिकामा आयोजित एक कार्यक्रमबीच नगर प्रमुख दिलीपकुमार राईले उहाँहरुको पर्यटन प्रवद्र्धनको अभियानप्रति धन्यवाद ज्ञापन गर्नुभयो । मोटरसाइकल यात्रीको तर्फबाट नगर प्रमुख राई र उपप्रमुख यमुना विष्ट वास्तोलामार्फत मायाको चिनो हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति: २०२०-०१-१६ , समय : १८:५०:३० , ४ वर्ष अगाडि