पथरी नगर अस्पताललाई सहयोग

Enepal Patra Pvt. Ltd. , १५८१  पटक हेरिएको

पथरीशनिश्चरे, २ माघ । मोरङको पथरीशनिश्चरे नगर अस्पताललाई हेल्पिङ हेण्ड्सले १५ लाख ४३ हजार रुपियाँ बराबरको अस्पतालजन्य अत्याधुनिक सामग्री प्रदान गरेको छ ।
बिहीबार भएको सहयोग कार्यक्रम वर्क फर नेपालले समन्वय गरेको हो । हेल्पिङ हेण्ड्सका नेपाल निर्देशक खालिङ मोसिन र वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले नगर प्रमुख दिलीपकुमार राईलाई अस्पताल सामग्री प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख राईले २ दिन अघि यूएनएचसीआरले ३ लाख रुपियाँ बरावरको सामग्री हस्तान्तरण गरेको प्रसंङ्ग समेत जोड्दै सहयोगबाट नै अस्पताललाई सञ्चालन गर्नु पर्ने बाध्यता रहेको सुनाउनु भयो । उहाँले आवश्यकता धेरै भए पनि सिमित स्रोत साधनले माग धान्न कठिनाई भएको बताउनु भयो । भर्खरै सुरु भएको नगर अस्पतालका लागि स्थानीयले १२ कठ्ठा बढी जग्गा दान गरिसकेको र अझै १३ कठ्ठा थप जग्गा दान गर्न तयार रहेको कुराले हौसला मिलेको उहाँले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०१-१६ , समय : १८:४०:४६ , ४ वर्ष अगाडि