दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रशासनद्धारा अनुमति

Enepal Patra Pvt. Ltd. , ५११  पटक हेरिएको

काठमाडौँ, २ माघ। बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुमति दिएको छ । प्रसाईविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा अभद्र व्यवहारको उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको हो ।

गिरीले प्रसाईविरुद्ध जिल्ला अदालत काठमाडौँमा पनि मानहानीको मुद्दा दायर गरेका छन् । प्रशासनको अनुमतिलगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेपनि उनी भने नभेटिएको प्रहरीले जनाएको छ ।

पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए । लगत्तै गिरीले पनि पत्रकार सम्मेलन गरेर आरोप झूटो भएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए ।

प्रकाशित मिति: २०२०-०१-१६ , समय : १४:२६:३५ , ४ वर्ष अगाडि