जहदाबाट शंकास्पद अवस्थामा दुई जना पक्राउ, कटुवा पेस्तोल बरामद

निशा दाहाल , १४  पटक हेरिएको

मोरङ, ३२ असार । मोरङको जहदा गाउँपालिका–४ बाट शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरी स्रोतका अनुसार, विशेष सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्ने व्यक्तिहरूको नाम, उमेर लगायतको विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन।

प्रहरीले घटनास्थलबाट एक थान कटुवा पेस्तोल पनि बरामद गरेको जनाएको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०२५-०७-१६ , समय : ०८:०७:०५ , १० घन्टा अगाडि