काठमाडौँमा बम बिष्फोट

Enepal Patra Pvt. Ltd. , ६२४  पटक हेरिएको

काठमाडौँ,१ माघ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा बिवादस्पद भू–माफिया शोभाकान्त ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रवक्ता प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीका अनुसार विस्फोटबाट ढकालको घरको झ्यालका सिसा फुटेको छ । गेटमा क्षति पुगेको बोगटीले बताउनु भयो । यस्तै पार्किङ गरेर राखिएको गाडीमा पनि क्षति पुगेको छ। बम विस्फोट कस्ले गराएको भन्ने खुल्न सकेको छैन । प्रहरीले बिष्फोट गर्ने ब्यक्तिलाई खोजि गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २०२०-०१-१५ , समय : २१:२७:२६ , ४ वर्ष अगाडि