पथरीशनिश्चरेमा वृक्षारोपण कार्यक्रम सम्पन्न

निशा दाहाल , ९७  पटक हेरिएको

पथरीशनिश्चरे, १६ असार ।मोरङको  पथरीशनिश्चरे–४ स्थित जनकल्याण आधारभूत विद्यालयको प्राङ्गणमा खृश्चियन बाल सङ्गतीको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ५० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको आयोजकहरूले बताएका छन्।

कार्यक्रममा पथरी शनिश्चरे वडा नं. ४ का वडा अध्यक्षको विशेष उपस्थिति रहेको थियो। साथै विद्यालयका शिक्षक, अभिभावक, समाजसेवी, खृश्चियन बाल सङ्गतीका प्रतिनिधि तथा स्थानीयवासीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

वातावरण संरक्षणको सन्देश दिँदै वृक्षारोपणलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिएको कार्यक्रममा विद्यार्थीलाई वातावरणीय शिक्षा र हरियालीको महत्वबारे जानकारी समेत दिइएको थियो। सहभागीहरूले यस्तो अभियानले हरित वातावरण निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०२५-०६-३० , समय : १०:५९:१८ , २१ घन्टा अगाडि