काठमाडौं ,१ माघ। विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ ।

नयाँ पात्रोअनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो ।

पञ्चाङग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए ।

आउँदो बर्ष विवाहको लगन करिब १५ दिनजति मात्रै छ । २०७६ सालमा करिब ३० दिन साइत परेको थियो ।

ब्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ । पञ्चाङग निर्णायक समितिले निर्णय गरेअनुसार वि.स. २०७७ सालको घटस्थापना कात्तिक १ गते परेको छ ।

पात्रोअनुसार कात्तिक ७ गते फुलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी, १० गते विजय दशमी अर्थात टीका परेको छ ।

तिहार २८ गतेदेखि सुरु हुनेछ । २८ गते कागतिहार, २९ गते विहान कुकुर तिहार, बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन तथा म्हः पूजा र मंसिर १ गते भाइटीका रहेको पंञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिब सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । -नेपाल समाचार पत्र दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.