स्वास्थ्य संयोजकको पहलमा नगर अस्पतालमा १६ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री भित्रियो

Enepal Patra Pvt. Ltd. , ७९३  पटक हेरिएको

पुष २६, पथरी
पथरी शनिस्चरे नगरपालिकाको एक मात्र ठुलो स्वास्थ्य सस्था नगर अस्पतालमा १६ लाख मुल्य बराबराको अत्याधुनिक स्वास्थ्य सामाग्री ल्याइएको छ ।
वर्क फर नेपालको समन्वय तथा हेल्पीङ हेन्डको सहयोगमा नगर स्वास्थ्य संयोजक मुरारी आचार्यको पहलमा सो अत्याधुनिक इलोक्टो«क हाइ केयर विरामी उपचार शय्या, अत्याधुनिक डेलिभरी बेड, अत्याधुनिक विरामी जाँच टेवल, एम्वुलेटरी केयर बेड लगाएत अन्य स्वास्थ्य सामाग्री अस्पतालले प्राप्त गरको हो ।
५० बेडको अस्पतालका रुपमा विकाश हुदै गरेको यो अस्पतालमा अमेरिकन प्रविधि बाट निर्मित स्वास्थ्य सामाग्रीको प्रयोग बाट उपचार गराउन पाउनु नगर बासीका लागि खुसीको कुरा भएको छ ।
पुर्वी मोरङका पालीका हरुको दाजोमा भने पथरी नगर अस्पतालले स्वास्थ्यका हिसावले राम्रै फड्को मारेको देखिन्छ जसको श्रय स्वाथ्य संयोजक आर्चायलाई नै जाने गरेको छ ।
अस्पतालले मात्र फड्को मारेको देखिन्न स्वास्थ्यका क्षेत्रमा हुने गरेका विभिन्न अभियान तथा घुम्ती कार्यक्रमहरु पनि उत्कृष्ठ नै रहेका छन् । जसको श्रय स्थानिय सरकार र स्वास्थ्य संयोजकलाई नै जान्छ ।
तर पछिल्लो समय स्वास्थ्य संयोजक आर्चाय र नगर उप–प्रमुख विचको तिक्ताका कारण भने केहि विवादित बन्न पुगे पछि सोको फाईदा उठाउदै एक अनलाईन संचार माध्यमले भने आर्चायको व्याक्तिगत छवि माथी नै प्रश्न चिन्ह खडा गर्ने गरि एकतर्फी समाचार समप्रशण गरेर आर्चायको छवि धमिल्याउन लागेको देखिन्छ ।
यस्ता कपोकल्पीत, भ्रामक र तथ्य हिन एकतर्फी समाचार सम्प्रेशण गर्ने संचार माध्यमका कारण नगरको स्वास्थ्य क्षेत्रको समग्र विकाश र प्रगतिमा नै बाधा पुग्ने हो की भन्ने प्रश्न उठेको छ ।
पुर्खेउली घर मोरङको मिक्लाजुङ गाउँपालिका भएका आचार्य मोरङको पथरी नगरपालिकमा स्वास्थ्य संयोजकका रुपमा कार्यरत रहेका छन् ।
१२ वर्ष देखि आर्चायले पथरीको स्वास्थ्य क्षेत्रमा योगदान दिदै आएका छन् हाल स्वास्थ्यको क्षेत्र जति पनि विकशीत रुपम देखिएको छ त्यसमा उनको योगदान लाई नगरवासीले मनन गर्नै पर्छ ।
एउटै कार्यालयमा निरन्तर कार्यरत रहनु कुनै नौलो कुरा होईन राम्रो कार्य गर्ने कर्मचारी जनहितका लागि कार्य गर्छ भने एकै स्थानमा रहेर लामो समय सेवा दिन नपाईने होर रु
स्वास्थ्यका क्षेत्रमा आर्चाय सामान्य दर्जाका निजामती कर्मचारी भएपनि उनको ५० लाख रुपैयाँको गाडी किन्न सक्ने आर्थीक क्षमता भएका व्याक्ति हुन । आर्चायको पुर्खौली सम्पत्ति मोरङको टाडीमा प्रसस्तै रहेको छ ।
सुनियोजित रुपमा समाचार प्रकाशन गर्ने संचार माध्यमले आर्चायको कार्यलयमा उनको कुर्सीमा वस्ने व्याक्ति को हुन भनेर प्रश्न उठाएर मात्र छोडेको छ त्यसमा आधिकारीक व्याक्तिको कुनै भनाई राखेको छैन ।
साहि प्रश्नको जवाफ हामीले पनि संयोजक आर्चायलाई माग्दा आर्चाय यसो भन्छन् –“कार्यालयको काम सम्पादनका लागि संयोजक र उप–संयोजक गरि २ जना रहेका छौ तर कार्यलय व्यावस्थपनका लागि हामी एउटै कुर्सी प्रयोग गर्दै आलोपालो काम गर्छौ सो कुर्सीमा वस्ने अरु कोही नभएर उप–संयोजक हुन ।”
आर्चायको विषयमा सुनियोजित रुपमा अनलाईन संचार माध्यममा आएको समाचार प्रति लक्षित गर्दै अस्पताल बिकाशका लागि जग्गा दान गर्ने जग्गा दाता तथा जग्गा व्यावस्थापन समितिका संयोजक बावुराम राई भने यसो भन्छन् –“ सामान्य हेल्थपोष्टका रुपमा रहेको स्वास्थ्य सस्थालाई अस्पतालका रुपमा विकाश गराउन एउटा कर्मचारी भएर पनि नेताको रुपमा कार्यगरी अस्पतालको रुप दिन सक्षम व्याक्ति आर्चायको योगदान उच्च रहेको छ ।”
उनकै पहल र सहकार्यमा आज नगरले अस्पतालको सेवा पाएको छ तर तिनै आर्चायलाई व्याक्तिगत मनमुटाउ साध्नको लागि संचार माध्यममा कपोकल्पीत समाचार लेख्न लागाउने जो कोही भए पनि उ नगरको हित नचिताउने व्याक्तिगत फाईदा खोज्ने मनसायको व्याक्ति भएको उनले बताएका छन् ।
यस्ता नगरको हित विपरीत कार्यगर्ने जनप्रतिनिधि अथवा अन्य जोकोही राजनितिज्ञ भएपनि त्यस्तालाई सर्वसाधरणले चिन्नु र बुझ्नु आबश्यक रहेको छ ।

प्रकाशित मिति: २०२०-०१-१२ , समय : १०:३०:०५ , ४ वर्ष अगाडि