पिउने पानी सबैको पहुँचमा पुग्नुपर्ने

Enepal Patra Pvt. Ltd. , ६३९  पटक हेरिएको

लेटाङ(मोरङ) २५ पुस । प्रदेश नं. १ का प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेलले अझै पनि शुद्ध पिउने पानी सर्वसाधरणको पहुँचमा पुग्न नसकेको बताउनु भएको छ । शुक्रबार मोरङको लेटाङस्थित खानेपानी तथा सरसफाई जल उपभोक्ता संस्थाको सातौं साधारणसभामा बोल्दै उपाध्यक्ष प्याकुरेलले यस्तो बताउनु भएको हो । उहाँले पैसाको अभावमा खानेपानीको धारा जडान गर्न नसक्नेहरूका लागि सरकारले विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो । खानेपानीलाई सवै सुलभ र व्यवस्थित बनाउन ऋण सहयोग लिएर भएपनि सोलार पम्म जडान गर्न आवश्यक भएको औंल्याउँदै आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले लेटाङ अनुपम सम्पदा , अपार सम्भावना भएको क्षेत्र भएको बताउँदै यि सम्पदालाई आर्थिक उपार्जनमा जोड्न सकिने बताउनु भयो ।
खानेपानी तथा सरसफाई जल उपभोक्ता संस्थाका अध्यक्ष समेत रहनु भएका लेटाङ नगरपालिकाका नगर प्रमुख शङ्कर राईले लेटाङमा सांस्कृतिक ,धार्मिक र प्राकृतिक पर्यटकीय केन्द्रहरू धेरै भए पनि तिनको उचित प्रबद्र्धन गर्न बजेटको अभाव रहेको बताउनु भयो । जता जे देख्यो , त्यही काम गरि हाल्न मन लाग्छ , तर बजेटको अभाव छ । कर तिर्न सक्षम नगरवासीको अभाव छ । उहाँले भन्नुभयो –आधा भूगोल पहाडी क्षेत्र छ । राज्यले जनसङ्ख्यालाई मात्र आधार मानेर बजेट पठाउँछ । नगर प्रमुख राईको भनाई थियो– समानुपातिक रुपमा बजेट प्राप्त भए लेटाङका सबै पर्यटकीय क्षेत्रलाई आर्थिक उपार्जनमा जोड्न सकिने थियो ।
साधारण सभामा लेटाङ नगरपालिकाका उप मेयर कृष्णकुमारी निरौला लगायतले बोल्नु भएको थियो ।

अध्यक्षमा लोकतान्त्रिक समूहका  सूर्य गिनेल मगर  निर्वाचित

                  

अध्यक्षमा लोकतान्त्रिक समूहका  सूर्य गिनेल मगर  निर्वाचित

शुक्रबार भएको निर्वाचनमा ३१ मत प्राप्त गर्दै लोकतान्त्रिक समूहका उम्मेद्वार सूर्य गिनेल मगर अध्यक्षमा निर्वाचित हुनु भएको छ । प्रगतिशील समूहका उम्मेद्वार ज्वाला प्रसाद कोइरालाले २६ मत प्राप्त गर्नुभयो । यस्ते उपाध्यक्षमा सीता श्रेष्ठ ३० मत सहित विजयी हुनु भएको छ । श्रेष्ठका प्रतिद्वन्द्वी लोकबहादुर सुवेदीले २५ मत पाउनु भयो । यस्तै कोषाध्यक्षमा जानुका राई ३० मत पाएर विजयी हुनुभयो । कोषाध्यक्षका प्रगतिशील उम्मेद्वार शोभा वोहोराले २५ मत पाउनु भयो । लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा दिनेशकुमार श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठले ३० मत पाउनु भयो भने उहाँका प्रतिद्वन्द्वी नगेन्द्रप्रसाद घिमिरेले २५ मत प्राप्त गर्नुभयो । समितिको सचिवमा राजकुमार उदास, सह सचिवमा मनोजकुमार शाक्य यसअघि निर्विरोध निर्वाचित भइसक्नु भएको थियो । यसैगरी लेखा तथा सपरिवेक्षण समितिको सदस्यमा पनि लोकनारायण प्रधान र शोभा खनाल निर्विरोध निर्वाचित भइसक्नु भएको थियो । निर्वाचनमा ५५ जना परिषद सदस्यहरूले मतदान गर्नु भएको थियो ।

 

प्रकाशित मिति: २०२०-०१-१० , समय : १९:४६:४३ , ४ वर्ष अगाडि