अब नर्सिङ अध्ययनमा पुरुषलाई पनि १० प्रतिशत आरक्षण

Enepal Patra Pvt. Ltd. , ६३०  पटक हेरिएको

काठमाडौं । सरकारले नर्सिङ अध्ययनका लागि अब पुरुषलाई पनि १० प्रतिशत आरक्षण कोटा छुट्टयाउने भएको छ । महिलाले मात्र अध्ययन गर्ने परिपाटीलाई तोड्दै सरकारले यस वर्षदेखि पुरुषलाई पनि १० प्रतिशत कोटा छुट्टयाएको हो ।

बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामति कर्मचारीको छलफलका क्रममा बोल्दै स्वास्थ्यसचिव खगराज बरालले सो कुराको जानकारी दिएका हुन् । सचिव बरालले नर्सिङ भर्नासम्बन्धी विज्ञापन गर्दा अब १० प्रतिशत पुरुषका लागि आरक्ष कोटा छुट्टयाउने बताए । पुरुष भर्ना नभए स्वत महिलाले भर्ना हुन पाउने व्यवस्था गरिने समेत स्वास्थ्यसचिव बरालले जानकारी दिए ।
त्यस्तै बैठकमा आगामी वर्षदेखि अनमी, अहेव लगायतको अध्ययन पनि खारेज हुने जानकारी दिइएको छ । त्यसका लागि सिटीइभिटीलाई पनि निर्देशन दिइसकेको छ भने एसईईपछि ३ वर्षे कोर्ष हेल्थ असिष्टेन्टको पढाई सुरु हुने जनाइएको छ । अहिले  सरकारी सेवा ७८ जना पुरुष नर्स रहेका छन्

प्रकाशित मिति: २०२०-०१-०९ , समय : १४:५०:१४ , ४ वर्ष अगाडि