स्काभेटर दुर्घटनामा दुईको मृत्यु, एक गम्भिर घाइते

Enepal Patra Pvt. Ltd. , ८९८  पटक हेरिएको

काठमाडौं, २४  पुस  । काभ्रेको पनौती नगरपालिका–११ थुम्कीको भित्री सडकमा स्काभेटर दुर्घटनाहुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भिर घाइते भएका छन् ।

सडक डिभिजन कार्यालय भक्तपुरले पाटीखर्कबाट ख्याकु जाने बाटो निर्माण गर्ने क्रममा स्काभेटर दुर्घटना परेको थियो । सडक निर्माणको क्रममै स्काभेटर तीनसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले जानकारी दिनुभयो ।

सो दुर्घटनामा परेर स्काभेटरमा बसेका पनौती–११ का १६ बर्षिया राउत केसी र सिन्धुपाल्चोक स्थायी घर भै दिदीको घरमा आएका १५ बर्षिया रोशन भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परि स्काभेटर चालक काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका–७ का २७बर्षिया जीवन ताम्राकार घाइते भएका छन् । उनको धुलिखेल अस्पतलामा उपचार भैरहेको छ ।

प्रकाशित मिति: २०२०-०१-०९ , समय : १३:५६:०१ , ४ वर्ष अगाडि