अवरुद्ध मुग्लिन–मलेखु सडक एकतर्फी खुल्यो

ईनेपालपत्र , १३१  पटक हेरिएको

काठमाडौं,  २३ साउन। पहिरोका कारण अवरुद्ध मुग्लिन–मलेखु सडक एकतर्फी खुलेको छ ।

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

पहिरो पञ्छाएपछि केहि बेरअघि देखि सडक एकतर्फी संचालन भएको प्रहरीले जनाएको छ । सडकमा ठूलो पहिरो खसेकाले पन्छाउने समय लागेको थियो  ।

प्रकाशित मिति: २०२४-०८-०७ , समय : १४:५०:२० , ११ महिना अगाडि