प्रशान्त निराैला , ८८ पटक हेरिएको
कानेपोखरी , १४ असार । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका वडा नं. ५ द्वारा आयोजित एवं व्यावसायिक सीप बिकास तालिम केन्द्र झापाको सम्योजनमा प्लम्बिङ तालिम सम्पन्न भएको छ।
तालिमको समापन समारोहमा पालिका अध्यक्ष राजमती इङ्नामले सम्बोधन गर्दै तालिममा भाग लिएका प्रशिक्षहरूलाई प्रशंसा गरी आगामी दिनमा उज्वल भबिस्यको कामना गर्नुभएको छ ।
पालिका प्रमुख इङ्नामले भन्नुभयो “व्यावसायिक सीप बिकास तालिमको मुख्य उद्देश्य हो नैपालका सीप बिकासमा पेशागत तालिम प्रदान गरी युवाहरूलाई रोजगार गर्न मद्दत पुर्याउनु हो। यस प्रकारको तालिमले तालिम लिनेहरूलाई अनुभवी बनाउन र उनीहरूले अझ अगाडि बढ्न सहयोग गर्छ।”
वडा नं. ५ को आर्थिक सहयोगमा, व्यावसायिक सीप बिकास तालिम केन्द्र झापले तालिम सफलतापूर्वक ३ महिनासम्म सम्पन्न गरेको छ। यस तालिममा २० जना सहभागी रहेका छन् जसले प्लम्बिङ पेशाको निश्चित ज्ञान र कौशल प्राप्त गरेका छन्।
प्रकाशित मिति: २०२४-०६-२८ , समय : २२:३०:३३ , ४ महिना अगाडि