निमोनिया भएर इटहरीकी आरजुको मृत्यु

Enepal Patra Pvt. Ltd. , ५६२  पटक हेरिएको

इटहरी ।  इटहरीको नमुना कलेज पढ्दै आएकि आरजु भट्टराईको निधन भएको छ । २० बर्सिय आरजुको निधन भएको उनका आफन्तहरुले बताएका छन ।

इटहरी नमुना कलेज बिएस डब्लु तेस्रो वर्ष मा अध्यानरत उनको निमोनिया भएर निधन भएको परिवारले जनाएको छ।

भोलि नमुना कलेजले १ दिन नमुना कलेजले शोकमा सम्पुर्ण पठन पाठन बन्द हुने जनाएको छ । आरजुको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा निधन भएको हो ।

निमोनिया भनेको के हो ?

निमोनिया भनेको फोक्सोमा हुने एक प्रकारको रोग हो । यो अति सुक्ष्म किटाणु, ब्याक्टेरिया, भाइरस, फंगसको कारण लाग्ने गर्दछ ।

निमोनिया वातावरण प्रदुषणको कारण स्वासप्रस्वसको माध्यमबाट मानिसको फोक्सोमा हुने संक्रमण नै निमोनिया हो ।

निमोनिया कसरी लाग्छ ?

निमोनिया अति सुक्ष्म किटाणु, ब्याक्टेरिया, भाइरस र फंगसको कारण लाग्दछ ।

प्रकाशित मिति: २०२०-०१-०७ , समय : १२:२४:३५ , ४ वर्ष अगाडि