नगरका ५ स्थानमा खानेपानीका लागि योजना माग

Enepal Patra Pvt. Ltd. , ६९५  पटक हेरिएको

 

पथरीशनिश्चरे, २१ पुस ।

मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा खानेपानी आयोजनाका लागि नयाँ कार्यक्रम सञ्चालन गर्नका लागि सोमबार अन्तरक्रिया गरिएको छ ।

पथरी खानेपानी तथा सरसफाई समितिले पथरी शनिश्चरे नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय सामुदायिक वनका पदाधिकारीहरुसँग अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा बोल्दै नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले नगरवासीका लागि आवश्यक रहेको थप गर्न लागिएको खानेपानीको योजनाका लागि नगरले सहयोग पु¥याउने वताउनु भयो ।

अन्तरक्रियाले नगरका थप ५ स्थानमा ४ लाख ५० हजार लिटर क्षमताका खानेपानीका ओभरहेड ट्यांकी निर्माणका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर मार्फत मन्त्रालय र विभागमा योजना पेश गर्ने निर्णय गरेको छ ।

वडा नम्वर १ को शान्ति सामुदायिक वन, २ को चौतारी सामुदायिक वन, सुन्दर सामुदायिक वनको क्षेत्र, ४ को रामजानकी मन्दिर क्षेत्र, ६ को भातेगौंडा चोक उत्तरमा थप खानेपानी आयोजना निर्माणको निर्णय भएको छ ।

खानेपानी आयोजनाका लागि वडा नम्वर ६ मा बैशलोचन केवरत, मिठन केवरत र भूपाल श्रेष्ठले गरी ७ कठ्ठा जग्गा दान दिने उल्लेख छ ।

कार्यक्रम, समितिका कार्यवाहक अध्यक्ष वेदनिधि खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२०-०१-०६ , समय : १९:३०:०३ , ४ वर्ष अगाडि