६ नं. बुधवारेमा गोल्डकप हुने

इनेपालपत्र , ३३  पटक हेरिएको

प्रशान्त निरौला
लेटाङ, २ बैशाख । धनकुटा जिल्लाको चौविसे गाउँपालिकामा ११ औ आमन्त्रित ६ नं.बुधवारे रामनवमी गोल्डकप फुटबल प्रतियोगिता २०८० हुने भएको छ । रामनवमी मेला ब्यवस्थापन समिति र बुधवारे युथ क्लबको संयुक्त आयोजनामा रामनवमीको अवशर पारेर प्रतियोगिता हुन लागेको हो । २०८१ साल बैशाख ४ गते देखि ७ गते सम्म कोशि प्रदेशका विभिन्न जिल्लावाट सहभागि ८ टिमले फुटवल प्रतियोगितामा भाग लिनेछन् ।
कार्यक्रमलाई कोशि प्रदेश खेलकुद विकास बोर्डको मुख्य सहयोग रहेको छ भने धनकुटाको चौविसे गाउँपालिका र पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ ले सहयोेग गरेका छन् ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया सहित ट्रफि मेडल प्राप्त गर्नेछ भने दोस्रो हुनेले ६६ हजार ६ सय ६६ रुपैया सहित मेडल ट्रफि प्राप्त गर्ने बुधवारे युवा क्लवका अध्यक्षअ संगम कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार बुधवारेमा परापुर्व कालदेख लाग्दै आएको रामनवमी मेला समेत लाग्ने भएकाले मेला भर्नका लागि सवैलाई निमन्त्रणा समेत गर्नुभएको छ ।

प्रकाशित मिति: २०२४-०४-१४ , समय : १८:२७:१३ , २ हप्ता अगाडि