भोलि देखि एसइई परीक्षा सुरु, लेटाङमा ६७४ जनाले परीक्षा दिने

ईनेपालपत्र संबाददाता , ९२  पटक हेरिएको

लेटाङ, १४ चैत । भोलि बाट देशैभर यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुने भएको छ ।
लेटाङ नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण राज राईका अनुसार लेटाङमा जम्मा ६७४ जनाले परिक्षा दिनेछन । लेटाङमा ३ वटा परीक केन्द्र रहेका छन । जसमा शान्तिभगवती माबी, जाँते माबि र शिक्षा बिकास मावि हुन । शान्तिभगवतिमा २४३ जना,जाँते माविमा २२५ जना र शिक्षा बिकासमा २०६ जना बिध्यार्थीले एसईइ परीक्षा दिनेछन ।

लेटाङमा हाल २१ वटा बिध्यालयका बिध्यार्थी एसईइ परिक्षामा सामेल छन । जसमा १० वटा सामुदायिक(सरकारी) र ११ वटा संस्थागत बिध्यालय छन ।

परिक्षाका लागि शिक्षा बिकास तथा समन्वय ईकाइ बाट केन्द्राध्यक्ष खटाईसकेको र नगरपालिकाले समेत यसको निरिक्षण गर्ने शिक्षा प्रमुख राईले जानकारी गराउनुभयो ।
गत बर्स मोरङका केही पालिकामा फर्जी बिध्यार्थी भेटिएको भन्दै यसपाली लेटाङमा समेत यसको निगरानी गरिने उहाँले बताउनुभयो । परिक्षामा सगभागी बिध्यार्थीले निर्धक्क भएर परीक्षा दिन समेत उहाले आग्रह गर्नुभयो ।

यस वर्ष नेपालमा एसइईमा सहभागी हुनका लागि पाँच लाख चार हजार ४१४ जनाले रजिस्ट्रेसन फाराम भरेका छन् । तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार ७७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार ६२७ रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-०३-२७ , समय : ०५:३३:३७ , १ महिना अगाडि