इनेपालपत्र , ३३६ पटक हेरिएको

लेटाङ, ४ फागुन। लेटाङका क्रियाशिल सामाजिक संस्थाहरुले जाजरकोटका भुकम्प पिडितहरुका लागि भनेर संकलन गरिएको रु ५३ हजार ३ सय ५० रुपैया छात्रबृतिका लागि अक्षयकोष खडा गर्ने भएका छन् । महाभारत मा.वि. लेटाङ ६ मा विद्यार्थीहरुलाई छात्रबृति वितरण गर्ने गरि “सिदार्थ युथ क्लव छात्रबृती अक्षयकोष” नामवाट उक्त छात्रबृति कोष स्थापना गरिएको हो ।
जाजरकोट तथा रुकुममा गत कार्तिक १७ गते मध्यराती गएको भुकम्पमा परि १५४ जनाको मृत्यु भएको थियो भने संयौको संख्यामा घाईते भएका थिए । धेरै परिवारको बिचल्ली भएको अवस्थामा लेटाङका केही संस्थाहरुले सहयोगका लागि पहल सुरु गरेका थिए ।
पिडितका लागि उठाएको रकम तत्कालिन अवस्थामा सरकारको एकद्धार प्रणाली वाट मात्र सहयोग गर्न पाईने नितिका कारण सहयोग संकलन स्थगित गरि उठेको रकम अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको अभियानका संयोजक भरत राईले जानकारी दिनुभयो । सोही दिन उठेको उक्त रकम आज विद्यालयमा पुगेर अक्षयकोषका लागि हस्तान्तरण गरिएको हो ।
सिदार्थ युवा क्लब, एबिसी ग्रुप, द ब्वाईज क्लब, चिसाङ एफसी, लेटाङ खबर, ट्रोल लेटाङ सहितका संस्थाहरुले संयुक्त रुपमा अभियान थालेका थिए ।
प्रकाशित मिति: २०२४-०२-१६ , समय : १६:२५:४१ , १ वर्ष अगाडि