पूर्वाञ्चल विश्व विद्यालयमा आर्थिक चलखेल – प्रमुख सचेतक कार्की

Enepal Patra Pvt. Ltd. , ४९२  पटक हेरिएको

विराटनगर ,१८ पुस । नेपाली कांग्रेसका नेता एवं प्रदेश नं. १ को प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दुई तिहाइको सरकारले पूर्वाञ्चल विश्व विद्यालयलाई अनिर्णयको बन्दी बनाई उपकुलपति नियुक्ति गर्न नसक्नु र काम चलाउ उपकुलपतिले विश्व विद्यालय चलाउनु पर्ने अवस्था प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाँले यस गतिविधिले प्राज्ञिक क्षेत्रको मानमर्दन गरेको भन्दै सत्ता सञ्चालकमा विचलन आउने सङ्केत देखिएको उल्लेख गर्नु भएको छ ।
पूर्वाञ्चल विश्व विद्यालयको सभासद समेत रहनु भएका कार्कीले विज्ञप्ति सार्वजनिक गर्दै २६ औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा गिरिजाप्रसाद कोइरालाको स्मरण गर्दै शुभकामना समेत ब्यक्त गर्नु भएको छ । उहाँले विज्ञप्तिमा भन्नुभएको छ – पियुको सभा प्रधानमन्त्री निवासमा राख्नु तर त्यसमा स्वयम् प्रधानमन्त्री उपकुलपति भएको समयमा उपस्थिति नहुनु शिक्षा क्षेत्रको अपमानका साथै उदासिन मानसिकता हो । यसले शिक्षा क्षेत्रमै दुर्भाग्यको अवस्था सिर्जना भएको छ ।
विश्व विद्यालयमा लामो समयसम्म उपकुलपति नियुक्ति नगराउनु, काम चलाउबाट काम चलाउन खोज्नुको मनसाय रजिष्ट्रार र काम चलाउले मिलेमतोमा सहकुलपति शिक्षामन्त्रीलाई पनि प्रभावमा पारी आर्थिक चलखेल गरेको सहजै अनुमान गर्न सकिन्छ । प्रमुख सचेतक कार्कीले विश्व विद्यालयमा अविलम्बा उपकुलपति नियुक्ति गरी अन्योल अन्त्य गर्न माग गर्नु भएको छ । कार्कीले शिक्षा क्षेत्र कसैको क्रिडास्थल बने त्यो सह्य नहुने पनि चेतावनी पन दिनु भएको छ ।

प्रकाशित मिति: २०२०-०१-०३ , समय : २०:१०:३३ , ४ वर्ष अगाडि