भोगटेनिलाई पराजित गर्दै वारंगि बन्यो च्याम्पियन, जित्यो ५१ हजार

रबिन श्रेष्ठ , १९४  पटक हेरिएको

लेटाङ, ८ माघ । लेटाङ ६ लामिटारमा साविक वार्ड स्तरिय भलिवल प्रतियोगिताको आज फाइनल भएको छ । फाईनल खेल वारंगी र भोगटेनी बिच भएको थियो । खेल सोझो सेटमा वारंगि च्याम्पियन बनेको छ । यो सगै खेलमा प्रथम हुने वारंगिले ५१ हजार १ सय सहित ट्रफि मेडल र प्रमाणपत्र पाएका छन् ।

दोस्रो हुने टिम भोगटेनीले ३१ हजार १ सय रुपैया सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पुरस्कार लेटाङ नगरपालिकाका पुर्व प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी शंकर राईले बितरण गर्नुभयो । कार्यक्रममा वडा नं.१ का अध्यक्ष बिष्णु कुमार मगर र वडा नं. ६ का अध्यक्ष जंगबिर तामाङले बिशिस्ट आतिथ्यता ग्रहण गर्नुभएको थियो ।
माघ ५ गते देखि सुरु भएको प्रतियोगिता आज ८ गते सकिएको हो । प्रतियोगिता लेटाङ ६ लामिटार स्थित रानीपानी खेल मैदानमा भएको थियो ।

प्रकाशित मिति: २०२४-०१-२३ , समय : ००:३०:२१ , १० महिना अगाडि