बाल विवाह नगराउने सामुहिक प्रतिबद्धता

Enepal Patra Pvt. Ltd. , ८०८  पटक हेरिएको

बारा, १७ पुस   बारा जिल्लाका बिभिन्न धर्म गुरुहरु आर्चाय, बाहुन, काजी, मोलवी, लामाले बाल विवाह नगराउने प्रहरी समक्ष सामुहिक प्रतिबद्धता व्यत गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, महिला, बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा कलैयामा आयोजित लैगिङ हिंसा, बालविवाह, बहुविवाह, दाईजो प्रथा, बोक्सी प्रथा र जातिय छुवाछुत विरोध प्रशिक्षण तथा सचेतना मुलुक कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

विभिन्न प्रलोभनमा पारी समाजमा रहेको छोरी, बेटीहरुलाई भारतमा लगी बेच्ने गरेको तथा सानो उमेरमा विवाह गरिदा दाईजो कम लाग्ने सोच, प्रेम प्रलोभनमा नलाग्ने र उच्च शिक्षामा लाग्ने खर्चबाट पन्छिने रुढिवादी सोच अहिले पनि तराईका अभिभावकहरुमा रहेकाले नै छोराछोरीको विवाहगर्ने गरेका विवाह गराउने धर्मगुरुहरुले बताएका छन् ।

ग्रामिण भेगका गाउँ, टोलमा रहेका दोम, चमार, दुषाद, मुसहर लगायतका दलित समुदायमा कलिलो उमेरमा नै बिहे गरिदिने परम्परा रहेपनि उनीहरु अहिले सचेत भईरहेको कार्यक्रममा जनाइएको थियो ।

कम उमेरमा विवाह गराउने बिचौलिया तथा विवाह हुने युवा, युवतीसँगै उनीहरुको अभिभावकको बारेमा स्थानीय प्रहरीलाई खबर गरिदिन हुन र उनीहरुको विवाह नगराउन सबै सहभागीहरुमा प्रहरी उपरीक्षक विकासराज खनालले आग्रह गर्नुभयो ।

पहिलादेखी जिल्लाका बिभिन्न समुदाय तथा ग्रामिण बस्तीमा जरा गाडेको बालविवाहलाई निरुत्साहित, न्यूनिकरण गर्दै निर्मुल पार्ने प्रहरीको अभियानलाई सार्थक तुल्याउन र समाजमा सचेतना पुगाउनमा समेत कार्यमा अब देखी सक्रिय भई लाग्ने आचार्य ज्ञानेन्द्र पाण्डेयले बताउनुभयो ।

बालविवाहका कारण कलिलो उमेरमै ज्यान गुमाउनु परेको घटना मात्र होईन्, जातिय छुवाछुत, दाईजो प्रथा बोक्सी आरोप, बहुविवाह जस्ता घटना तराई मधेसको जिल्लामा हुने गरेको हुँदा यी सबै कुरालाई निर्मुल पार्नेका लागि समाजमा आफुले जनचेतना जगाउने काम गर्ने मौलना हसा मेदिनले प्रतिबद्धता गर्नुभयो ।

सबै भन्दा पहिलो कानूनले दिएको उमेर हद बाहेक कम उमेरका यूवा, यूवतीहरुको अभिभावकहरुलाई सजग र सचेत गराउने काममा सक्रिय हुने पथलैयाका बौद्ध धर्मका गुरु रमेश लामाले प्रतिवद्धता गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोख्रेलको अगुवाईमा सम्पन्न कार्यक्रममा रमेश पाण्डेय, मोहन पाण्डेय, रामायण तिवारी, चन्द्रकिशोर पाण्डेय, दिनेश तिवारी, बेदानन्द शुक्ला लगायतले मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रममा जिल्ला भरीबाट करिब ५६ जना भन्दा बढी, पुरोहितीगर्ने बाहुन बाजे, मौलना, लामाहरुको सहभागिता रहेको थियो ।                                                                                                                                          गोरखापत्र दैनिक अनलाइनबाट 

प्रकाशित मिति: २०२०-०१-०२ , समय : २०:०५:३७ , ४ वर्ष अगाडि