कोशीप्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्थाको अन्त्य हुन्छ : मुख्यमन्त्रीकार्की

ईनेपालपत्र संबाददाता , १६८  पटक हेरिएको

मोरङ, ६ पुस । मुख्यमन्त्री केदार कार्कीले कोशीप्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्थाअन्त्यहुने बताएका छन् ।

रिडेफ नेपालले बिहीबार आयोजना गरेको प्रदेशको नीतितथा योजनामादलित सरोकार विषयकअन्तरक्रियामाउनले विभेदरहित समाजनिर्माणका लागिचालू आर्थिक वर्षबाट प्रदेश सरकारले सुरू गरेको मानवीयविकास अभियानले कोशीप्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्था नरहने बताएकाहुन् ।

झयसकालागिप्रदेशमा १० वर्षमुनिकाबालबालिकाको निःशुल्कउपचार, प्रत्येक पालिकाकादुई जनाविपन्नलाई कृषि र पशु प्राविधिकशिक्षालगायतकामानवीयविकासको काम सुरू भइसकेको छ,ञ उनले भने, झबजेटमा अधिकार खोज्ने भन्दा समानता र विभेदरहित समाजनिर्माणमा जानुपर्ने बेलाआइसकेको छ ।ञ

मुख्यमन्त्रीकार्कीले रैतिबाट नागरिक बनाउने क्रममा समावेशीअभियान सुरू भएर अहिले राज्यका हरेक अंगमा समावेशीबनाइयो तर अब समानताको विषयले १० वर्षपछि दलितभन्ननपाइने अवस्थाबनाउन सबैको सहयोग अपरिहार्य रहेको बताएकाहुन् ।

झकांग्रेस नेतामिनबहादुर बिश्वकर्माको घरमा सबै वर्ग, जात, धर्मका मान्छे जान्छन् र खान्छन् त्यसैले अब उहाँदलितअभियानकर्ता भएपनिउहाँदलितहोइन,ञ उनले भने, झजातधनसँग जोडिएको छ । समाजमा गरीव भएपछि विभेद सुरू हुन्छ । यहाँकामानिसहरूको जात, धर्म, गोत्र, बंश, पितृ, व्यवहार, संस्कार र संस्कृति सामान रहेकाले हामी सबै एकै जातकाहौं ।ञ

अब दलित र गैर दलितनभनौं, हामी सबै समानताको व्यवहार गरौं र त्यसमा राज्यले प्रमाणीकरण गरिदिने विषयभएको उनले बताएका छन् । झसम्पति, शिक्षा र स्वास्थ्यबाट मात्रै समाजमा समानताकालागि सबैको पुनर्वहाली हुन्छ,ञ मुख्यमन्त्रीकार्कीले भने, झ१० वर्षपछि दलितनलेख्न शिक्षा, स्वास्थ्य र सम्पतिमा समानताकायम गर्नुपर्छ ।ञ अब बजेटमा दलितनलेखौं त्यसमा टाठाबाटले मात्रै हालिमुहाली गर्छ र झनविभेद बढ्दै जाने उनको भनाइ छ ।

झप्रदेश सरकारले विभेदरहित समाजको अभियानलाई गति दिइसक्यो,ञ उनले भने, झब्राह्मण समाजमा नै सबभन्दा बढी विभेद छ किनकी जैशीले छोएको ब्राह्मणले खाँदैन । एउटा थरको कथितदलितले अर्काे थरका दलितले छोएको नखाने हाम्रो समाज छ ।ञ

परम्परागत सीपलाई प्राविधिकशिक्षाको रूपमा ब्राण्डिङ्ग गर्न नसकेकाले पनि नेपाली समाज पछि परेको मुख्यमन्त्रीकार्कीलेलबताए । झप्राविधिकशिक्षामा ब्यूटिसियन, तालिमले मात्रै हुन्छ ? खुकुरी, चुलेसी, दौउरा सुरूवालबनाउने सीप प्राविधिकशिक्षामा नराख्ने ?जसले कडा परिश्रम गर्नेलाई भाषा र व्यवहारले कमजोर बनाएकाले नै हामी पछि पर्याैं ।ञ उनले हामीकहाँश्रमको सम्माननभएकाले नै पछि परेको तर पनि समाजमाश्रमको आधारमाविभेद कायम नै रहेको बताए ।

झसरकारको हतियार कानून, नियमहो ।कानून कसैलाई कब्जामा राख्नहोइन समाज सुधार र व्यवस्थितबनाउने आचारसंहिताहो,ञ उनले भने, झसहजीकरण गर्न मात्रै कानूनहो, डर देखाउन र त्रसितबनाउने होइन । दलितको लागिभनेर सधैं दलितबनाइ राख्नकानूनबनाउनु उपयुक्तनभएकाले समानता र विभेद अन्त्यकालागि बनाउँछु ।

कोशीमा ४ जनाप्रदेश सांसद, १ हजार २१९ जनापालिकामा वडा सदस्य र वडा अध्यक्ष १० र अध्यक्ष १जनानिर्वाचितभएको संख्या बढाउन सबैको योगदानआवश्यकभएको मुख्यमन्त्रीकार्कीले बताए ।

प्रकाशित मिति: २०२३-१२-२२ , समय : १०:१३:२८ , १ वर्ष अगाडि