हाम्रो समाचारदाता , १६४ पटक हेरिएको
बिर्तामोड, २२ कार्तिक । झापाको छुट्टाछुट्टै दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सोमबार दमक र कनकाईमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । सोमबार दिउँसो साढे १ बजे दमक नगरपालिका ३ स्थित खोल्सीमा निर्माण भइरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका ११ का ४५ वर्षीय चंखबहादुर सार्कीलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा घाइते भएका थिए । घाइते भएको उनलाई उपचारको लागि अरनिको अस्पताल उर्लाबारी पठाएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, कनकाई नगरपालिका ३ स्थित घरमा टिनको छाना लगाउने क्रममा कनकाई ६ का ३६ वर्षीय रामकुमार श्रेष्ठलाई रड बोक्दा अचानक रड बिजुलीको तारले छुँदा करेन्ट लागेर घाइते भएका थिए । उनलाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कार्यालय झापाले जनाएको छ ।
प्रकाशित मिति: २०२३-११-०८ , समय : ०८:१५:५२ , १२ महिना अगाडि