सरकारको नयाँ नियम : घरभाडामा बस्‍नेको विवरण प्रहरीमा अनिवार्य बुझाउनुपर्ने

विप्लव र चिनियाँ नागरिकको गतिविधिपछि यस्तो कडाइ

Enepal Patra Pvt. Ltd. , ४६५  पटक हेरिएको

काठमाडौं १५ पुस ।  सरकारले घरभाडामा बस्‍नका लागि नयाँ नियम सुरु गरेको छ। मंगलबार गृहमन्त्रालयमा भएको बैठकले यस्तो नियम ल्याएको हो।

गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव प्रेमकुमार राई र तीनै सुरक्षानिकायका प्रमुखसहितको बैठकले यस्तो नियम लागू गर्ने निर्णय गरेको हो। गृहमन्त्री बादलका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार काठमाडौंसहितका देशका मुख्य सहरका लागि यस्तो नियम ल्याइएको हो। काठमाडौं उपत्यका लगायत देशका मुख्य मुख्य सहरी क्षेत्रहरुमा घरभाडामा लिएर विभिन्‍न व्यक्ति र समूहले आपराधिक गतिविधिहरु गर्ने, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध गरेको भेटियोु, गृहमा बसेको बैठकपछिको निर्णयमा भनिएको छ, घरभाडामा लिएर साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरुको भण्डारण र प्रयोग गरी विध्‍वंसात्मक एवम् अराजक गतिविधि गर्ने गरेको पाइएकाले यसलाई नियन्त्रण गर्न यस्तो नियम ल्याइएको हो।

गृहले यस्ता क्रियाकलापले समग्र शान्ति सुव्यवस्थामा गम्भीर असर पर्ने भएको जनाउँदै काठमाडौं उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा दिने र लिने व्यक्तिरसंस्थारकार्यालयका लागि नयाँ नियम लागु गर्ने निर्णय लिएको हो। घरभाडामा दिँदा र लिँदा आफ्नो घरमा भाडामा बस्‍ने ब्यक्ति संस्था कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण एवम् छाडेको विवरणसमेत नजिकको प्रहरी इकाईमा अनिवार्य दिनुपर्नेछु, गृहको निर्णयमा भनिएको छ, स्थानीय प्रहरी इकाईले पनि अनिवार्यरुपमा लिई घरभाडामा बस्‍ने र छाड्नेहरुको नियमित एवम् अद्यावधिक अभिलेख राख्‍नुपर्ने छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका भूमिगत समूहहरुले काठमाडौंसहितका मुख्य सहरीक्षेत्र घरभाडामै लिएर बसेको प्रहरीले केही साताअघि भेट्टाएको थियो। बूढानीलकण्ठस्थित एक घर भाडामा लिएर बमसहितका सामाग्री बनाइरहेको अवस्थामा विप्लवका पाँचजना कार्यकर्तालाई पक्राउ गरेको थियो।

पछिल्लो पटक पक्राउ परेका १२२ जना चिनियाँ नागरिकले पनि राजधानीका विभिन्‍न स्थानमा घर भाडामा लिएर विद्युतीय अपराधका घटना गराएको भेटिएको थियो। उनीहरुले नेपालमा बसेर चिनियाँ तथा नेपाली नागरिकलाई नै अनलाइनबाट ठूलो मात्रामा ठगेको भेट्टाएपछि गृहले यस्तो कदम चालेको हो।

प्रकाशित मिति: २०१९-१२-३१ , समय : १३:५०:३० , ४ वर्ष अगाडि