अन्तराष्ट्रीय तेक्वान्दाेमा नोवेल एजुकेसनलाई १ कास्य र ३ रजत पदक

हाम्रो समाचारदाता , २९४  पटक हेरिएको

लेटाङ, ९ अशाेज । काठमाडौँमा ५ र ७ गतेसम्म सम्पन्न भएको चौथो अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२३ मा नोवेल एजुकेसन एण्ड डेभलपमेन्ट फाउन्डेसनमा अध्यनरत नोवेल तेक्वान्दो डोजांग अन्तर्गतका बिद्यार्थीहरुले १ कास्य र ३ रजत पदक प्राप्त गरेका छन् ।

खुल्ला चौथो अन्तरास्ट्रीय तेक्वान्दो च्याम्पियनसिप ८ बर्ष उमेर समूह मुनि एकल छात्रा प्रतिस्पर्धा तर्फ नेहा लिम्बु र ९ देखि १२ बर्ष मुनि पुम्सेमा अग्रीमा सुबेदी पहिलो विजेता बनेकी हुन् । भने १२ देखि १४ बर्ष मुनि सुमिना राई तेस्रो विजेता बनेकी छन्।

यस्तै समुहगत प्रतिस्पर्धा तर्फ १२ देखि १४ वर्ष मुनि पुम्सेमा तनिशा लिम्बु, निंवा लिम्बु र रुबिया बि।क दोस्रो विजेता बन्न सफल भएका छन् । सो खेलमा बिजेता बन्न सफल सम्पूर्ण सहभागी बिध्यार्थिहरुलाई विद्यालयले बधाई ज्ञापन गरेको छ ।

विद्यालयले विभिन्न विधामा विद्यार्थीहरूलाई सहभागी गराउदै आएको छ । यो विद्यालयका लागी पहिलो अन्तरास्ट्रीय पदक भएको विद्यालयका प्रधानाध्यापक भोलानाथ पाण्डेले बताए । यससंगै एस।बी।एस।सी सिंगिंग स्टारको लाइभ राउण्डमा पनि सोही बिद्यालयका कक्षा – १० मा अध्ययनरत छात्रा लोजिना लिम्बु छनौट भई प्रतिस्पर्धा गरिरहेकी छन् ।

प्रकाशित मिति: २०२३-०९-२६ , समय : १८:५९:२० , १ वर्ष अगाडि