ट्रम्प र पुटिनबीच फोन वार्ता

Enepal Patra Pvt. Ltd. , ३५७  पटक हेरिएको

वासिङ्टन,  १५ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । उनीहरुबीच दुई पक्षीय सम्वन्ध, साझा चासोका विषयसँगै क्षेत्रीय र अन्तर्राष्ट्रिय विभिन्न विषयमा कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गर्नुभएको थियो, रुसमा भएको आक्रमणमा सहयोग पुग्नेगरी सूचना उपलब्ध गराएकोमा पुटिनले ट्रम्पलाई धन्यवाद दिनुभएको थियो । ह्वाईट हाउसद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । दुवै पक्षका प्रतिबद्धतालाई निरन्तरता दिदै दुवै पक्षीय सम्वन्धका बारेमा छलफल भएको ह्वाईट हाउसले जनाएको छ ।

रुसी संघीय सुरक्षा सेवाले सोमबार दिएको जानकारी अनुसार नयाँ वर्षको विदाको बेलामा दुई ओटा आक्रमण भएको थियो । रुसको दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्गमा भएको आक्रमण अमेरिकाले दिएको सूचनाका आधारमा गरिएको थियो । पुटिनले ट्रम्पलाई क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा शुभकामना पनि दिएको समाचारमा छ ।

प्रकाशित मिति: २०१९-१२-३१ , समय : १३:०५:३२ , ४ वर्ष अगाडि